प्रतिकात्मक तस्बिर
नयाँ दिल्ली– भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीका निजी सचिव पीपी माधवनमाथि बलात्कार आरोप लागेकको छ। एक २६ वर्षीय महिलाले उनीमाथि दिल्ली प्रहरीमा यौन दुर्व्यबहारको मुद्दा दर्ता गरेकी हुन्।
तर, माधवनले भने उक्त आरोप झुठो र राजनीतिक प्रतिशोधको उद्देश्यले लगाइएको बताएका छन्। साथै आफ्नो छवि बिगार्न खोजिएको भन्दै खण्डन गरेकका छन्।
प्रहरीमा ती महिलाले आफूलाई रोजगारी दिलाउने लालसा देखाउनुका साथै बिहे गर्ने बाचा समेत गरेको बताएकी छिन्। दिल्ली प्रहरीका डिएसपी एङ्ग हर्षवर्धनकका अनुसार उत्तमनगर थानामा २५ जुनमा ती महिलाले उक्त विषयमा उजुरी गरेकी थिइन्। भारतीय दण्ड संहिताको दफा ३७६ र ५०६ बमोजिम उक्त उजुरीमा छानबिन भइरहेको छ।
महिलाले भनेकी छन्, 'मैले उनीसँग नोकरी जरुरी रहेको बताएकी थिएँ। उनले मद्दत गर्ने बाचा गर्दै २१ जनवरीमा अन्तर्वार्ताका लागि बोलाएका थिए। मेरा सवै कागजपत्र हेरेपछि उनले सोधे- मसँग विवाह गर्छ्यौ? मैले हुन्छ भनेपछि फेरि अर्को दिन उनले बोलाए।'
अर्को दिन माधवनले आफूलाई कारमा राखेर चालकलाई त्यहीँ कार छाडेर जान निर्देशन दिएको उनले बताएकी छिन्। आफूमाथि यौन शोषण र यौन दुर्व्यहार समेत गरिएको ती महिलाले उल्लेख गरेकी छन्। आफूले त्यसका लागि इन्कार गरेपछि आफूलाई सडकमा छाडेर हिँडेको उनको भनाइ थियो।
प्रहरीका अनुसार दिल्लीमा बस्न ती महिलाका श्रीमान्को सन् २०२० मा मृत्यु भएको थियो। उक्त मुद्दाका लागि माधवन २५ जुनमा उत्तमनगर थानाका प्रमुखलाई भेटेका थिए। उनले आफ्नो स्पष्टीकरण दिएका थिए।
उनले भनेका थिए, 'मसँग यो राजनीतिक प्रतिशोधका कारण लगाइएको आरोप रहेको पुष्टि गरेने सवुत छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।