• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

न्यायाधीश–वकिल 'घुस डिल' प्रकरण: त्यसपछि हतार हतार सारियो इच्छाराजको मुद्दाको पेसी

64x64
नेपाल लाइभ मंगलबार, असार १४, २०७९  १२:१९
1140x725

काठमाडौं– असार ९ गते बिहान। अदालती समय सुरु भइसकेको थियो। उच्च अदालत पाटनको ९ नम्बर इजलासमा १ जना कानुन व्यवसायी हतार हतार न्यायाधीशको चेम्बरतिर अधि बढे। न्यायाधीशलाई एउटा कागज दिए। 

उनी ६ अर्ब रकम ठगीको मुद्दाको पुर्पक्षका लागि हाल थुनामा रहेका सिभिल ग्रुपका अध्यक्ष तथा व्यापारी इच्छाराज तामाङका निजी कानुन व्यवसायी रहेछन्। असार ९ गते सुनुवाइका लागि पेसीमा रहेको इच्छाराजको मुद्दाको पेसी स्थगित गरिपाउँ भन्दै उनले निवेदन दिएका रहेछन्। 

'दुई–दुईपटक स्थगित भइसकेको पेसी फेरि स्थगित गर्न मिल्छ र?' निवेदन पढेपछि न्यायाधीशले सोधे। 'कोही पनि कानुन व्यवसायी बहसका लागि आउने अवस्था रहेन श्रीमान्,' ती कानुन व्यवसायीले न्यायाधीश समक्ष याचना गरे। 

त्यसपछि न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र नारायाणप्रसाद पौडेलको इजलासले तामाङको मुद्दाको पेसी उक्त दिनका लागि स्थगित गर्ने निर्णय गर्‍यो।  

तामाङ पक्षले उच्च अदालत पाटनमा आफूले नै दायर गरेको निवेदन माथिको सुनुवाइका लागि पेसी स्थगित गराएको २ दिन अगाडि मात्रै काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र कानुन व्यवसायी (नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष) रुद्र पोखरेल बीचको ‘घुस डिल’ भएको अडियो बाहिरिएको थियो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले तामाङसहित विरुद्ध ६ अर्बभन्दा बढी बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। सोही मुद्दाको थुनछेक बहस चलिरहँदा कानुन व्यवसायी पोखरेलले न्यायाधीश कोइरालालाई ‘घुस अफर’ गरेका थिए। 

कोइराला र पोखरेलबीच टेलिफोनमा भएको कुराकानीको अडियोमा तामाङ १० करोड धरौटीमा रिहा हुने आदेश जारी गर्न पोखरेलले कोइरालाई अफर गरिरहेका सुनिन्छ। जसबापत २ करोड रुपैयाँ ‘घुस’ पाइने पोखरेलको अफर हुन्छ। सुरुमा घुस खाएर आदेश जारी गर्न डराइरहेका कोइराला पछि पोखरेलले प्रधानन्यायाधीश (हाल निलम्बित) चोलेन्द्र शमशेर राणाको तहबाटै सबै कुरा मिलाइसकेको बताएपछि तयार भएको सुनिन्छन्। 

तर, काठमाडौं जिल्ला अदालतले तामाङलाई धरौटीमा रिहा गर्दैन्। १४ पुस २०७८ मा काठमाडौं जिल्ला अदालतले तामाङलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गर्छ। काठमाडौं जिल्ला अदालतको सोही आदेशविरुद्ध तामाङ पक्षले उच्च अदालत पाटनमा पुनरावलोकन निवेदन दिएको थियो। जसको सुनुवाइका लागि गत बिहीबार (असार ९ गते) पेसी थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौं आदेश  खारेजीको माग गर्दै तामाङ पक्षले २०७८ फागुन ११ गते उच्च अदालत पाटनमा निवेदन दर्ता गराएको थियो। उक्त निवेदनमाथि सुनुवाइका लागि गत बिहीबार न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र नारायणप्रसाद पौडेलको इजलासमा पेसी रहेको थियो। दोस्रो नम्वरमा पेसी रहेको निवेदन सार्न तामाङका कानुन व्यवसायीले निवेदन दिएका थिए। 

तामाङ पक्षले गत बिहीबार समेत गरी तेस्रोपटक उक्त निवेदनको पेसी सारिसकेको छ। यसअघि २०७८ फागुन २६ र २०७८ चैत १० गते पनि तामाङ पक्षकै निवेदनका कारण मुद्दाको पेसी सरेको थियो। 

काठमाडौं जिल्ला अदालतले संगठित ठगीको अभियोगमा  सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित २ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। ‘घुस डिल’ प्रकरणमा मुछिएपछि हाल निलम्बनमा रहेका 
न्यायाधीश कोइरालाको इजलासले करिब १५ दिन लामो सुनुवाइपछि मुख्य अभियुक्त तामाङ र सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई थुनामा पठाएको थियो। अध्यक्ष श्रेष्ठ इच्छाराजका सम्धी हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९०२ रुपैयाँ बिगोसहित ठगी र संगठित अपराधसम्बन्धी मुद्दा दायर गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मुद्दामा प्रतिवादी बनाइएकामध्ये जिल्ला अदालतले एक जनालाई साधारण तारेख र ९ जनालाई धरौटीमा रिहा गर्ने आदेश जारी गरेको थियो। हरिहरप्रसाद लामिछानेलाई ५० लाख, विजय विक्रम शाहीलाई १५ लाख, एलिना तुलाधरलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख, भगवानबहादुर सिंहलाई १० लाख, शंकर श्रेष्ठलाई २ लाख ५० हजार, राकेश श्रेष्ठलाई ५० हजार, बुद्धराज तामाङलाई ५ लाख र कौस्तुभ केतन ढुंगानालाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ। 

अभियोगपत्रमा ठगी अपराधतर्फ तामाङसहितलाई अधिकतम ५ वर्ष कैद, बिगोबमोजिमको जरिवाना र पीडितलाई ठगिएको रकम भराउने मागदाबी गरिएको थियो। संगठित अपराधसमेत ठहर भए उनीहरूमाथि थप ५० प्रतिशत कैद तथा जरिवाना माग गरिएको छ। ज्येष्ठ नागरिकमाथि ठगी गरेको भन्दै त्यसमासमेत थप सजाय माग गरिएको छ।

तामाङका तर्फबाट १५ जना कानुन व्यवसायीले बहस गरेका थिए। यस्तै ४ जना सरकारी वकिलले निवेदकको तर्फबाट बहस गरेका थिए।

संगठित ठगीको आरोपमा उनीहरुलाई पुर्पक्षमा पाठाउनुपर्ने माग सरकारी वकिलहरुको थियो भने तामाङका कानुन व्यवसायीले साधारण तारेखमा रिहा हुनुपर्ने माग गरेका थिए। इच्छाराजसहित ४२ जनालाई प्रतिवादी बनाउँदै सरकारी वकिल कार्यालयले संगठित ठगीमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

सिभिल सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको रकम नतिरेपछि इच्छाराजविरुद्ध पीडितले सीआईबीमा उजुरी दिएका थिए। पीडितको उजुरीका आधारमा सुरुमा सीआईबीले इच्छाराजसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा इच्छाराजले आफ्ना विभिन्न कम्पनीका नाममा विनाधितो ऋण लिएर नतिरेपछि सिभिल सहकारीका निक्षेपकर्ताको रकम फसेको पाइएको थियो।

सिभिल सहकारीबाट विनाधितो अर्बौं ऋण लिएर सिभिल होम्समा इच्छाराजले लगानी गरेको र सहकारीको रकम नतिर्दा निक्षेपकर्ताको रकम फसेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

हालसम्म १ हजार ५०३ जनाको ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ९३७ रुपैयाँ रकम सिभिल सहकारीमा फसेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

ठगी भएको रकम बराबरको बिगो मागदाबी गर्दै इच्छाराजसहित ४२ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालयले मंसिर १७ गते अदालतमा मुद्दा दर्ता गरेको थियो। मुद्दामा बिगोबापत ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ९३७ रुपैयाँ जरिवाना मागदाबी गरिएको छ।

ठगीसँगै ७५ वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई ठगी गरेको पुष्टि हुन आएकाले मुलुकी अपराधसंहिताको दफा २४९ को उदफा (३) को (ग) बमोजिमको सजाय र संगठित ठगी भएको पाइएकाले संगठित अपराध निवारण ऐन, २०७० अनुसार कसूरमा सजाय मागदाबी गर्दै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको थियो।

सिभिल सहकारीबाट ठगीमा परेका पीडितको सूचीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा सुमित्रा श्रेष्ठ अमात्यदेखि पूर्वप्रधानसेनापति रुकमांगद कटवालसम्म रहेका छन्।

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
सम्बन्धित सामग्री
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । देशका तराई भूभा... बिहीबार, असोज २९, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना बिहीबार, असोज २९, २०८३
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्