तस्बिर : रोयटर्स।
काठमाडौं– चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले अत्यावश्यक सेवाबाहेक अन्य सेवामा इन्धन बिक्री रोकेको छ।कम्तीमा दुई साताका लागि इन्धन बिक्रीमा रोक लगाइएको हो।
‘सोमबार मध्यरातदेखि स्वास्थ्य क्षेत्रलगायतका अत्यावश्यक सेवाबाहेक अन्य सेवालाई इन्धन बिक्री हुने छैन। किनकि हामीसँग रहेको थोरै भण्डार जोगाउन चाहन्छौं’, सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले भनेका छन्।
अब स्वास्थ्य, कानुन व्यवस्था, ढुवानी, विमानस्थल, खाद्यान्न र कृषि सेवाले मात्र इन्धन आपूर्ति पाउनेछन्। अभावका लागि उनले उपभोक्तसँग माफीसमेत मागेका छन्।
तेल आपूर्ति सकिएपछि सरकारले कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन निजी क्षेत्रलाई अपिलसमेत गरेको छ। स्कुल र कलेजहरू बन्द हुनेछन्।
श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र पाएपछि अहिलेसम्मकै चरम आर्थिक संकट सामना गरिरहेको छ । इन्धन, खाद्यन्न र औषधिजस्ता अत्यावश्यक उत्पादन आयतका लागिसमेत रकम तिर्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।