काठमाडौं– नेपाल वायुसेवा निगमले लिखित परीक्षा लिएर नतिजा प्रकाशन हुन बाँकी परीक्षा रद्ध गरेको छ।
निगमको मानव संसाधन विभागले एक सूचना जारी गर्दै परीक्षा रद्ध गरिएको जनाएको छ।
आर्थिक वर्ष २०७५/७६ का लागि आह्वान गरिएका विज्ञापन नम्बर १०–१२/२०७५/७६ का विज्ञापनहरूको लोक सेवा आयोगद्वारा परीक्षा सञ्चालन भई नतिजा प्रकाशन हुन बाँकी लिखित परीक्षाहरू रद्ध गरिएको निगमले जनाएको छ।
सर्वोच्च अदालतको फैसला तथा लोक सेवा आयोगको मिति गत जेठ २६ गतेको निर्णय बमोजिम निगमको पदपूर्ति समितिको बैठकले परीक्षा रद्धको निर्णय गरेको हो।
आर्थिक वर्ष २०७६/७७ का लागि २०७६/११/०२ मा निगमले प्रकाशित गरेका विज्ञापनहरूमध्ये खुलातर्फ विज्ञापन नम्बर ०१–१८/०७६/७७ तथा आन्तरिक तर्फका विज्ञापन नम्बर २०१–२२५/०७६/७७ का विज्ञापनसमेत रद्द गर्ने निर्णय भएको निगमको सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।