• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

स्थानीय बजेट : जिपलाइनदेखि केबुलकारसम्मका योजना

64x64
नेपाल लाइभ सोमबार, असार १३, २०७९  १०:२३
1140x725

काभ्रे- काभ्रेका स्थानीय तहले नगर/गाउँ अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०७९/८० का लागि आ–आफ्ना नीति, कार्यक्रम प्रस्तुत गरिसकेका छन्। अधिकांश तहले कार्यक्रमसहित अनुमानित बजेटसमेत सार्वजनिक गरेका छन् भने केहीले बजेट निर्माणबारे छलफलको चरणमै रहेको जनाएका छन्। 

अधिकांश स्थानीय तहले पुरानै कार्यक्रम स्वास्थ्य, शिक्षा, युवा, महिला तथा बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक, सामाजिक सुरक्षा र सामाजिक समावेशीतातर्फसँगै पूर्वाधारअन्तर्गत खानेपानी तथा सरसफाइ, सडक, भवन आवास तथा सहरी, पर्यटन, कृषि, पशु, सहकारी, वन वातावरण तथा विपद् व्यवस्थापन, गरिबी न्यूनीकरण तथा रोजगारी तथा उद्यम विकास, सूचना, सञ्चार तथा प्रविधि, सेवा प्रवाह, संस्थागत विकास तथा सुशासन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, राजस्व परिचालन र सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापनलगायतका विषयमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। केही तहले पूर्वाधार निर्माणमा फड्को मार्ने खालका कार्यक्रम सार्वजनिक गरेका छन्। 

मण्डनदेउपुर नगरपालिकाले आगामी आवमा पर्यटनतर्फ साहसिक खेलपर्यटन जिपलाइन निर्माण गर्ने जनाएको छ। नगरप्रमुख टोकबहादुर वाइवाद्वारा शुक्रबार प्रस्तुत कार्यक्रममा नगरको उच्च भागमा रहेको पर्यटकीयस्थल नगरकोटलगायत सुलिकोट, बह्मायणी, देवीस्थान, ठूलीचौर र चुरीथुम्कामा क्रमशः जिपलाइन निर्माण गर्ने नीति, कार्यक्रममा उल्लेख गरिएको छ। नगरले आगामी आवका लागि रु एक अर्ब एक करोड ९३ लाख ७२ हजार २३५ को अनुमानित बजेट प्रस्तुत गरेको छ। 

यसैगरी बेथानचोक गाउँपालिकाले भने काभ्रेपलाञ्चोककै उच्चस्थान बेथानचोक नारायणस्थान मन्दिरस्थित डाँडासम्म केबुलकार सञ्चालन गर्ने आफ्नो नीति, कार्यक्रममा उल्लेख गरेको छ।

यसका लागि आगामी आर्थिक वर्षको सुरुआतमै सम्भाव्यता अध्ययन गर्ने अध्यक्ष भगवान अधिकारीले बताउनुभयो । गाउँपालिकाले आगामी आवका लागि रु ५९ करोड ११ लाख ३९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ।

चौँरीदेउराली गाउँपालिकाले भने आगामी आवदेखि सशस्त्र जनयुद्ध र जनआन्दोलनका शहीद तथा बेपत्ता पारिएका परिवारलाई मासिक रु तीन हजार नगद दिने भएको छ।

शुक्रबार गाउँपालिकाको दशौँ गाउँसभामा अध्यक्ष रेणुका चौलागाईँद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उक्त सहयोग उल्लेख गरिएको छ । पालिकाले यसअघि मासिक रु दुई हजार दिँदै आएको थियो। उसले बजेट निर्माणको चरणमै रहेकाले बुधबार सार्वजनिक गर्ने जनाएको छ। 

यस्तै बनेपा नगरले आफ्नो नीति तथा कार्यक्रममा स्वामित्वको बसपार्कमा नगर विकास कोषसँगको लागत सहभागितामा बहुतले सवारी पार्किङस्थल निर्माण गरी पार्किङ व्यवस्थापन गर्ने जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नगरप्रमुख शान्तिरत्न शाक्यद्वारा प्रस्तुत कार्यक्रममा नगरको आय अभिवृद्धि गर्ने, आन्तरिक आयको दिगो अभिवृद्धिका लागि नगरको स्वामित्वमा रहेका सम्पत्ति बहालमा वा लिजमा दिनेलगायत आन्तरिक आयलाई प्रभावकारी बनाउन उद्योग वाणिज्य सङ्घ, सहकारी संस्था तथा अन्य सरोकारवाला व्यावसायिक क्षेत्रसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने नीतिमा उल्लेख गरिएको छ। नगरले आगामी आवका लागि कूल रु एक अर्ब ५५ करोड २४ लाखको अनुमानित बजेट सार्वजनिक गरेको हो।

नमोबुद्ध नगरले बर्सेनि अभाव हुने रासायनिक मलको आपूर्तिलाई सुनिश्चित गर्न आगामी आवमा कृषि सहकारीसँगको समन्वयमा ‘मल बैंक’को स्थापना गर्ने नीति, कार्यक्रममा जनाएको छ। भम्लु गाउँपालिकाले पुराना कार्यक्रमलाई निरन्तरता दिँदै कृषि क्षेत्रलाई प्राथमिकता राखी रासायनिक मलको अभावलाई व्यवस्थापन गर्न प्राङ्गारिक खेती प्रणालीमा जैविक विषादीप्रति आकर्षणको प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

त्यस्तै गाउँमा नै ‘मिनरल वाटर’को उद्योग सञ्चालन गर्ने, स्थानीय उत्पादनको उद्योग पकेट क्षेत्र निर्धारण गर्ने तथा ब्राण्डिङ गर्ने साथै स्थानीय मदिरालाई ब्राण्डिङ गरेर बजारको पहुँचसम्म पुर्‍याउनेलगायतको योजना नीति, कार्यक्रममा समावेश गरेको छ। 

काभ्रेमा छ नगरपालिका र सात गाउँपालिका छन्। छ नगरले नीति, कार्यक्रमसँगै बजेट पनि सार्वजनक गरेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सात गाउँपालिकामध्ये तीन तेमाल, भुम्लु र चौँरीदेउरालीले बजेट निर्माणबारे छलफल भइरहेको जनाएका छन्। 
 

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १०:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या
सम्बन्धित सामग्री
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते जाजरकोटको जुन चाँदे गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बिहीबार, असोज २९, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । देशका तराई भूभा... बिहीबार, असोज २९, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद बिहीबार, असोज २९, २०८३
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते बिहीबार, असोज २९, २०८३
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज २९, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्