काठमाडौं– नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिब २ लाख ९८ हजार सहभागीलाई थप प्रतिफल दिने भएको छ।
कोषको आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको कोषले जनाएको छ। कोष सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
२०७८ असार मसान्तसम्मको बचत रकममा सञ्चित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कूल रकम १ अर्ब ७४ करोड रुपैयाँ जम्मा हुने छ।
प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।