काठमाडौं– इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले ‘सुबिसु घर–घरमा’ अभियान सुरु गरेको छ। कम्पनीले आफ्नो सेवा तथा प्याकेज विषयमा जानकारी दिने उद्देश्यले यो अभियान थालेको हो।
अभियान अन्तर्गत कम्पनीका नयाँ तथा पुराना ग्राहकले सुबिसुको सेवाको विषयमा विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन्।
कपन, बालाजु, न्यूरोड, जोरपार्टी, बुढानिलकण्ठ लगायतका क्षेत्रमा सुबिसुको टिमले आफ्ना प्याकेजहरुका बारेमा जानकारी दिँद्रै घरदैलो अभियान सम्पन्न गरिसकेको छ। उक्त अभियानका क्रममा छुटेका ग्राहकले आफ्नो नजिकैको ‘मिटिङ प्वाइन्ट’ सम्पर्क राख्न सक्ने सुबिसुले जनाएको छ ।
अभियान सञ्चालन हुने स्थानका घरदैलोमा पुगेका कम्पनीका कर्मचारीले आफ्नो सेवाको बारेमा जानकारी गराइरहेका छन्।
आइप्लेक्स मल नयाँ बानेश्वरबाट राखिने ‘मिटिङ प्वाइन्ट’ क्रमशः उपत्यकका अन्य मुख्य स्थानमासमेत राखिने कम्पनीले जनाएको छ। अभियान अन्तर्गत विभिन्न स्थानमा दुई दिनसम्म सुबिसुका ‘मिटिङ प्वाइन्ट’ राखिनेछन्।
यसक्रममा ग्राहले आफनो नजिकै रहेको ‘मिटिङ प्वाइन्ट’मा गएर बिक्री र प्राविधिक सहायतका बारेमा जानकारी लिनुका साथै नयाँ कनेक्सनका लागि पनि सोधपुछ गर्न सक्ने कम्पनीले जनाएको छ।
‘मिटिङ प्वाइन्ट’ मा गएर नयाँ कनेक्सन लिने १० जना ग्राहकलाई लक्की ड्र बाट ३५ प्रतिशत छुट उपलब्ध समेत गराइने बताएको छ।
साथै त्यहाँ पुग्ने सेवाग्राहीलाई समावेश गरी साप्ताहिक लक्की ड्रसमेत गरिने र त्यसबाट दुई जना ग्राहकलाई निःशुल्क १५० एमबीपीएस इन्टरनेट कनेक्सन उपलब्ध गराइने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।