काठमाडौं– विश्वकै चौंथो ठूलो स्मार्टफोन ब्रान्ड शाओमीले नेपालमा आफ्नो पोर्टफोलियो विस्तार गरिरहेको छ।
स्मार्टफोन निर्मातामा मात्र सीमित नभइ शाओमीले अलोट प्लेटफर्मद्वारा जडान भएका विभिन्न स्मार्ट उपकरणहरू पनि उत्पादन गर्दै आएको छ।
स्मार्टफोन र ल्यापटपहरूबाहेक २५२ मिलियनभन्दा बढी स्मार्ट उपकरणहरूको साथ शाओमीले विश्वको अग्रणी ‘कन्ज्युमर’ प्लेटफर्मको रूपमा आफूलाई विस्तार गरेको छ।
छोटो समयमै विभिन्न आधुनिक सामग्री नेपाली बजारमा भित्र्याउन सफल शाओमीले नेपालमै पहिलोपटक २०२२ मा कम्पनीले विभिन्न विधाका नयाँ उत्पादनहरू पनि ल्याउने भएको छ।
जसमध्ये शाओमी वाच (एसवान) एक्टिभ, रेडमी ब्यान्ड प्रो, एयर कम्प्रेसर, एयर प्युरिफायर र टूथब्रश टी हन्ड्रेड लगायत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।