काठमाडौं– चेस ओलम्पियाडको ४४औं संस्करणमा सहभागी हुने नेपाली खेलाडीको टुंगो लागेको छ।
शनिबार काठमाडौंमा सम्पन्न छनोट खेलबाट मिलन लामा, क्षितिज भण्डारी र रुपेश जयसवाल छनोट भएका हुन्। मिलन र क्षितिजले ५ अंक पाए भने रुपेशले ४.५ अंक पाए।
वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइँ र शीर्ष वरीयताका विवेक थीङ स्वतः छनोट भइसकेका छन्।
यसैगरी, महिलातर्फ कृत्तिसरा अधिकारी, अनिसा न्यौपाने, बिनिता कपाली र शान्ती धिमाल छनोट भए।
कृत्तिसराले ५.५ , अनिसा र बिनिताले ५ तथा शान्तीले ४.५ अंक हात पारे। राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताकी सुना लोहनी स्वत: छनोट भएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।