बेइजिङ–दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा मुसलधारे बर्षासँगै आएको बाढीका कारण ३७ लाख ५० हजारभन्दा बढी बासिन्दा प्रभावित भएका छन्।
स्थानीय अधिकारीहरुले शनिबार जनाएअनुसार ग्वाङ्सीले यस वर्षको वर्षायाममा छ पटक भारी वर्षाको अनुभव गरेको छ। यहाँ औसत वर्षा ४९०.८ मिलिमिटरमा रेकर्ड गरिएको छ। यो अघिल्लो वर्षको सोही अवधिमा रेकर्डभन्दा १.६ गुणा बढी हो।
यस क्षेत्रको बाढी नियन्त्रण तथा राहत कार्यक्रमले बाढी पहिरो र वर्षाका कारण आएको विपत्तिले तीन हजार ४३६ घर डुबानमा परेको र एक लाख ५९ हजार ३०० हेक्टर कृषियोग्य जमिनको क्षेत्रफलमा क्षति पुगेको जनाएको छ।
प्रत्यक्ष आर्थिक नोक्सानी १२.४८ अर्ब युआन (लगभग १.८६ अर्ब अमेरिकी डलर) भन्दा बढी भइसकेको छ । यस क्षेत्रको बाढी नियन्त्रण राहतको केन्द्रीय कार्यालयका एक अधिकारीका अनुसार ग्वाङ्सीमा यस वर्ष अझै धेरै भारी वर्षा र आँधी आउनसक्ने पूर्वानुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।