• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

गर्भपतनबारेकाे ५० वर्ष पुरानो फैसला उल्टिएपछि अमेरिकामा फैलिएको तरंग

64x64
नेपाल लाइभ शनिबार, असार ११, २०७९  १९:३४
1140x725

काठमाडौं–अमेरिकी सर्वोच्च अदालतले गरेको एक महत्वपूर्ण फैसलाको अहिले संसारभर चर्चा, आलोचना र समर्थन भइरहेको छ। सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी रुपमा अनुमति दिने पाँच दशक पुरानो फैसला उल्टाएको हो। 

जसका कारण देशका अलग–अलग क्षेत्रमा प्रदर्शनसमेत भएको छ। यो फैसलापछि अब अमेरिकामा महिलाका लागि गर्भपतनको हक कानुनी रहने छैन। अब राज्य सरकारहरूले अलग–अलग कानुन निर्माण गर्न सक्नेछन्।

सर्वोच्चको यो फैसलापछि आधाभन्दा धेरै अमेरिकी राज्यले गर्भपतन कानुनलाई लिएर नयाँ प्रतिबन्ध लागू गर्न सक्नेछन्। १३ राज्यमा पहिल्यै यस्ता कानुन पारित भइसकेका छन्। ती राज्यहरूमा गर्भपतन गैरकानुनी हुने छ। 

अमेरिकी सर्वोच्च अदालतले शनिबार ५० वर्ष पुरानो रो भर्सेस बेड प्रकरणमा आएको फैसलालाई उल्टाएको हो। तत्कालीन फैसलामा गर्भपतन गर्नेकार्य महिलाको कानुनी अधिकार हुने भनिएको थियो। संविधानले महिलालाई गर्भपतनको निर्णय लिने अधिकार दिने भनेको थियो।

सर्वोच्च अदालतको पछिल्लाे फैसलालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले टिप्पणी गर्दै ‘ठूलो गल्ती’ भनेका छन्।

बन्द हुँदैछन् गर्भपतन क्लिनिक 

सर्वोच्च अदालतको यो फैसलापछि अमेरिकाका केही राज्यमा सञ्चालनमा रहेका एबोर्सन( गर्भपतन) क्लिनिकहरू धमाधम बन्द हुन थालेका छन्।

अर्कान्सस राज्यको लिटिल रकमा एक गर्भपतन क्लिनिकमा यसको सिधा असर देखियो। राज्यले अदालतको फैसला आएलगत्तै गर्भपतनमाथि प्रतिबन्धको अनुमति दिएको छ। सर्वोच्चले आफ्नो फैसला अनलाइनमा प्रकाशित गरेलगत्तै गर्भपतन गराउनेहरूका लागि क्लिनिकको ढोका बन्द भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

क्लिनिकका कर्मचारीहरूले फोन गरेर यसअघि समय लिएका महिलाहरूलाई अप्वाइमेन्ट(समय) बन्द गरिएको जानकारी दिए। कर्मचारीहरूले फोन गरेर अग्रिम वुकिङ गरेका महिलाहरूलाई जानकारी दिँदै अदालतको फैसलापछि उनीहरूको अप्वाइमेन्ट रद्द गरिएको बताएका थिए। 

एशाली हन्ट एक नर्स हुन्। उनले बीबीसीसँग भनिन्, ‘कयौंपटक हामी दुःखद(खराब) खबर सुन्नका लागि तयारी गरिरहेका हुन्छौं। तर, अन्तमा जब उक्त खबर हाम्रो शीरमा बज्रन्छ त्यसको चोट निकै ठूलो हुन्छ। यो फैसलापछि महिलाहरूलाई फोन गरेर भन्नुपर्‍यो कि रो भर्सेस बेडको फैसला बदलिएको छ। यो साच्चै नै दिल दुखाउने खबर हो।’

क्लिनिक बाहिर उभिएकी हेड एस्काटसकरेन भन्छिन्, ‘मैले सोचेकी थिएँ कि यी राज्यहरु अहिले पनि मानिसको हेरचाह(परवाह) गर्दछन्। अहिले पनि महिलाको परवाह गर्दछन्।’ उनी क्लिनिक बाहिर भइरहेको एन्टी एबाेर्सन प्रदर्शनाम सहभागी भएकी थिइन्।

 फैसलाको मुख्य असर गरिब महिलामाथि पर्ने 

Xtrem

Xtrem

अर्कान्ससजस्तै लुजियानामा पनि यो फैसलाको सिधा र तत्काल असर देखिएको छ। फैसला सार्वजनिक भएलगत्तै राज्यका तीन गर्भपतन सेन्टरमध्ये एक वीमन्स(महिला) हेल्थ केयर सेन्टर तत्कालै बन्द गरिएको छ।

त्यहाँ काम गर्ने कर्मचारीलाई उनीहरूका घर जान भनिएको छ। क्लिनिक बाहिर उभिएकी लिन्डा कोचेरले बीबीसीलाई भनिन्, ‘धनी महिलाहरूलाई यस्तो काननुले कुनै असर गर्दैन। किनकी उनीहरु अर्को राज्यमा गएर पनि गर्भपतन गर्न सक्छन्। तर गरिब महिलाहरूले यसको सजाय भोग्नुपर्ने छ।’ गर्भपतन विरोधी अभियानमा सहभागी पादरी बिल शेैक्सले यो उत्सव मनाउने दिन भएको प्रतिक्रिया दिए।

एक अनुमानअनुसार करिब ३६ मिलियन(३.६ं करोड) महिलाहरूबाट राज्य सरकारले गर्भपतनको अधिकार खोस्ने छ। यो तथ्यांक एक  स्वास्थ्य संस्था प्लान्ड प्यारेन्टहुडका तर्फबाट जारी भएको हो। 

केन्टकी, लुजियाना, अर्कान्सस,साउथ डकोटा,मिजूरी, ओक्लाहोमा र अलावामा यो नयाँ कानुन लागू भइसकेको छ।  मिसिसिपी र नर्थ डकोटामा त्यहाँका महान्यायाधीवक्ताको मञ्जुरी प्राप्त हुनेबित्तिकै प्रतिबन्ध  लागू हुनेछ। यस्तै इडाहो,टेनेसी र टेक्ससमा आगामी ३० दिनमा यो प्रतिबन्ध लागू हुनेछ।
 
फैसला हुँदा ठूलो समूहमा प्रदर्शनकारीहरू अदालत परिसरमा उपस्थित थिए। यो फैसला आएपछि अमेरिकामा करिब ५० भन्दा धेरै सहरमा विरोध प्रदर्शन भएका छन्। अमेरिकामा लामो समयदेखि गर्भपतनविरोधी कानुनमाथि बहस भइरहेको थियो।

हालैमात्र भएको नयाँ अध्ययनमा करिब  ६१ प्रतिशत वयस्कले भनेका थिए कि ‘गर्भपतन पूर्ण रुपमा कानुनी हुनुपर्छ।’ जबकि ३७ प्रतिशतले मात्र यस्तो कानुन आवश्यक नहुने प्रतिक्रिया दिएका थिए। एन्टी एबाेर्सन कानुन व्यवसायी टेरे हार्डिगका अनुसार हरेक जीवनलाई सुरक्षित गर्न जरुरी छ। उनले राष्ट्रपतिले यो फैसलाको आलोचना गरेको पनि सुनेको बताए।

राष्ट्रपति जो बाइडेनले यो फैसलाले महिलाको स्वाथ्य र जीवनलाई खतरामा धकेलेको प्रतिक्रिया दिएका थिए। उनले फैसलापछि सम्बोधन गर्दै भने, ‘सरकार यो सुनिश्चित गर्ने प्रयास गर्ने छ कि राज्य र स्थानीय संयन्त्रमा महिलाको गर्भपतनका लागि यात्रा रोकिने छैन।’ यस्तै उपराष्ट्रपति कमला ह्यारिसले पनि यसमाथि टिप्पणी गरेकी छन्। उनले लेखेकी छन्, ‘अमेरिकामा आज दशौं लाख महिला प्रजजन स्वास्थ्य सेवाविहीन भएका छन्।’
               
कसरी भयो यस्तो फैसला?
१९७१मा गर्भपतन गर्न असफल एक महिलाको तर्फबाट सर्वोच्च अदालतमा एक मुद्दा दायर गरिएको थियो। यसलाई रो भर्सेस वेड प्रकरण भनियो। यसमा गर्भपतनको सुविधा सहज पहुँचमा हुनुपर्ने भन्दै याचना गरिएको थियो। 

निवेदनमा गर्भधारण र गर्भपतनको निर्णय महिलाको हुनुपर्छ न कि सरकारको भनि दावी गरिएको थियो। दुई वर्षपछि १९७३मा अदालतले यो प्रकरणमा आफ्नो फैसला सुनायो। अदाललते गर्भपतन कानुनी ठहर गर्दै संविधानले गर्भवती महिलाको गर्भपतन सम्बन्धमा निर्णय लिने अधिकार हुने फैसला गरेको थियो। 

यसपछि अस्पताललाई महिलाहरूलाई गर्भपतनको सुविधा दिने कुरा बाध्यता भयो। तर, यसपछि यसले बहसको विषय समात्यो। धार्मिक समूहका लागि यो ठूलो मुद्दा थियो। किनकि उनीहरूको मान्यता थियो भ्रुणको पनि जीवन हुन्छ। यो मुद्दामा डेमोक्रेटिक र रिपब्लिकन पार्टीका अलग–अलग विचार थिए। 

१९८०मा यो मुद्दामा धुव्रिकरण सुरु भयो। यसपछिका दशकमा कयौं राज्यले गर्भपतनमाथि प्रतिबन्ध लगाउने नियमहरू निर्माण गर्न थाले। तर कतिपय राज्यले यो हक दिन जारी राखे। 

सर्वाेच्च अदालतले मौजुदा सत्रमा जब डोब्स भर्सेस जैक्सन वोमेन हेल्थ अर्गनाइजेशनको प्ररकण मिसिसिपी राज्यको थियो, त्यसमा यो व्यवस्थालाई चुनौती दियो। राज्यको पक्षमा फैसला दिँदै कन्जरभेटिभ बाहुल्य अदालतले गर्भपतनको संवैधानिक अधिकार समाप्त गर्ने फैसला सुनायो। 

पाँच न्यायाधीश यो फैसलाको पक्षमा थिए भने तीन न्यायाधीशले फरक राय राखेका थिए। तर, बहुमतको राय उक्त अधिकार कटौतीको पक्षमा भएपछि सर्वोच्चले फैसला उल्टाएको हो। बीबीसी हिन्दीबाट

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्