काठमाडौं– पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक एकतर्फीरुपमा खुलेको छ।
शुक्रबार बिहान ६ : ३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको थियो। त्यसपछि अवरुद्ध भएको बाटो एकतर्फी खुलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
वर्षा रोकिएसँगै अहिले थप पहिरो हटाउने काम चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।