काठमाडाैं-युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’ र विश्व ओलम्पिक संघ एसियाका विकास प्रवन्धक जोभिना चो ओलीबीच बिहीबार राष्ट्रिय खेलकुद परिषदमा भेटवार्ता भएकाे छ।
भेटवार्ताका क्रममा नेपालमा ओलम्पियनहरुको स्तर उकास्न गर्नुपर्ने कार्यबारे ओलीले जानकारी गराएकी थिईन् । मन्त्री गहतराजले त्यसका लागि आफू सदा तत्पर रहेको भन्दै आगामी दिनमा विविध कार्यक्रमको सुरुवात गर्ने बताए।
कार्यक्रममा खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला ज्वाला, सदस्य सचिव टंकलाल घिसिङ, विभागीय प्रमुख मधुसुदन बस्नेत र तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बिकका साथै ओलम्पियन दीपक बिष्ट र राजेन्द्र भण्डारीको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।