काठमाडाैं-भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाड छनोटमा अनिसा न्यौपाने र मिलन लामाले एकल अग्रता कायम गरेका छन्। अनिसाले चार चरणसम्म शतप्रतिशत जित हात पारेकी छन्। तेस्रो चरणमा अनिसाले बिनिता कपालीलाई हराएकी उनले चौथो चरणमा लक्ष्मी कणेललाई पराजित गरिन्।
खुलातर्फ मिलनले ३.५ अंकसहित अग्रता कायम गरेका छन्। मिलनले चौथो चरणमा मनीस हमाललाई हराए। ३ अंकसहित सुरबीर लामाले मिलनलाई पछ्याइरहेका छन्। क्षितिज भण्डारी र रुपेस जयसवालको २.५ अंक छ। चौथो चरणको खेलमा सुरबीरले निकेन कुसाथालाई हराए। चौथो चरणमा नै रुपेस र क्षितिज विच बराबरी भएको हो।
महिलातर्फ कृत्तीसरा अधिकारी र बिनिता कपालीले ३ अंकसहित अनिसालाई पछ्याइरहेका छन् । चौथो चरणमा विनिताले पूर्णीमा गुरुङ तथा कृत्तीसराले पूजा भण्डारीलाई हराए । यसैगरी शान्ती धिमालको २.५ अंक छ।
काठमाडौँको होटेल केसु होममा जारी छनोटमा पुरुषतर्फ १० तथा महिलातर्फ १२ खेलाडी सहभागी छन्। पुरुषतर्फ वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शीर्ष वरियताका विवेक थीङ स्वतः छनोट भएका छन्। थप तीन जना खेलाडी जारी छनोट प्रतियोगिताबाट छानिने छन्। यसैगरी महिलातर्फ वर्तमान राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताकी सुजना लोहनी छनोट भइसकेकी छिन्। थप चार जना खेलाडी यसै प्रतियोगिताबाट छनोट हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।