• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

बोर्डको प्रतिबद्धता अस्वीकार गर्दै लगानीकर्ताको आन्दोलन, उद्देश्य के हो? 

64x64
सुमित्रा कार्की बिहीबार, असार ९, २०७९  १९:२७
1140x725

काठमाडौं– लगानी बोर्डले माग पूरा गर्ने प्रतिबद्धता जनाए पनि लगानीकर्ता आन्दोलनमा होमिएका छन्। सेयर बजारका लगानीकर्ता तिलक कोइराला नाै दिनदेखि सेयर बजार सुधारसहित १९ बुँदे माग राख्दै धितोपत्र बोर्डको गेटमै अनशनरत् छन्। यद्यपि, नेपाल धितोपत्र बोर्डले तीन महिनाभित्र अनशन तथा आन्दोलनमा रहेका लकगानीकर्ता‍को माग पूरा गर्ने प्रतिबद्धता जनाइसकेको छ।

मंगलबार बोर्डका अध्यक्ष रमेशकुमार हमालले पत्रकार सम्मेलन गर्दै लगानीकर्ताको १९ बुँदे मागमध्ये कतिपय बोर्डकै कार्ययोजनाभित्र रहेको भन्दै तीन महिनाभित्र आन्दोलनरत लगानीकर्ताको माग पूरा गर्ने आश्वासन दिएका थिए।

बोर्डका अध्यक्ष हमालले तीन महिनाभित्रै माग पूरा गर्ने प्रतिबद्धता दिए पनि लगानीकर्ताको आन्दोलन र अनशन रोकिएको छैन। बोर्डको पत्रकार सम्मेलनपछि लगानीकर्ताको आन्दोलन झन् चर्किएको छ।

No description available.

दैनिक बोर्डको गेटमा धर्ना दिइरहेका लगानीकर्ताले कार्यालय समयपछि बोर्डका कर्मचारीलाई समेत सहज रुपमा घर जान दिएनन्। जसका कारण बोर्डले प्रहरीको स्कर्टिङमा आफ्ना कर्मचारीलाई घरसम्म पुर्‍याउनुपरेको छ। 

आफ्ना माग तत्काल पूरा नगरेसम्म आन्दोलन र अनशन नछाड्ने लगानीकर्ताको अडान छ। यता बोर्डका अध्यक्ष हमाल भने अहिले नै माग पूरा गर्न नसकिने, तर तीन महिनाभित्र चरणबद्ध रुपमा पूरा गर्दै लैजाने बताउँछन्। उनले लगानीकर्तासम्म तीन महिनाको समय दिन माग गरेका छन्। 

बोर्डका अध्यक्ष हमाल भन्छन्, ‘लगानीकर्ताले राखेका कतिपय मागहरु धितोपत्र बोर्डले आफ्नो कार्ययोजनाभित्र राखेकाहरु नै छन्। त्यो काम मैले जसरी पनि गर्छु। तर, काम गर्ने वातावरण त दिनुपर्‍यो नि?’

माग पूरा गर्ने प्रतिबद्धता जनाउँदा पनि लगानीकर्ता आन्दोलनबाट पछि नहटेपछि आफूलाई काम गर्न नै समस्या परेको अध्यक्ष हमालको भनाइ छ। यता लगानीकर्ता भने पटक–पटक माग राख्दा पनि सम्बोधन नभएकाले यसपटक माग पूरा नभएसम्म आन्दोलनबाट पछि नहट्ने बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बोर्डले बुधबार अनशन तोडेर वार्तामा आउन लगानीकर्तालाई पत्र काटेको थियो। ‘हामीले पत्र लेख्दै अनशन तोडेर वार्तामा आउन अनुरोध गरेका छौं। अनशन तोडेपछि तपाईंहरुका माग सम्बोधन गर्छौं भनेका थियौं’, अध्यक्ष हमालले भने। तर, लगानीकर्ताले भने पहिले माग पूरा भएमात्रै अनशन तोड्ने अडान राखे।

No description available.
बोर्डले लगानीकर्तालाई अनशन तोड्न लेखेको पत्र

 

No description available.
लगानीकर्ताले अनशन नतोड्ने भन्दै बोर्डलाई लेखेको पत्र 

लगानीकर्ताको आन्दोलनको उद्देश्य के हो? 
लगानीकर्ता आफूले सेयर खरिद गर्नका लागि सेयर बजारलाई जसरी भए पनि न्यून बिन्दुमा झार्ने उद्देश्यका साथ आन्दोलनमा होमिएको सेयर बजारका एक जानकार बताउँछन्। उनी भन्छन्, ‘अहिले देशमा देखिएको आर्थिक संकटसँग कसरी सामना गर्ने भन्नेतर्फ राष्ट्रबैंक चिन्तित छ। बैंकरहरुलाई कसरी कर्जा उठाउने? कसरी निक्षेप संकलन बढाउने? भन्ने चिन्ता छ। यस्तो बेलामा लगानीकर्ताले पनि देशलाई सहयोग गर्नुपर्ने हो। तर, यो नीति सच्याउन भन्दै अनशन बस्नुको उद्देश्य भनेकै सेयर बजारलाई न्यून बिन्दुमा झार्नु हो।’

आन्दोलनरत लगानीकर्ताको १९ बुँदे मागमध्ये केही जाहेज पनि छन्। ‘केही माग जाएज छन्। तिनमा मेरो पनि सहमति छ। तर, बोर्डले काम गर्छु भनेर प्रतिबद्धता लिइसकेपछि लगानीकर्ताले वार्ता गरेर अहिले सम्बोधन हुने माग अहिले कार्यान्वयनमा ल्याउने र बाँकी काम अवधि पुगेपछि भएनन् भने पो दबाब दिने हो त!’, उनी भन्छन्।

राष्ट्रबैंकले चालू आवको मौद्रिक नीतिमार्फत् सेयर धितोमा ४/१२ को क्याप लगाएको छ। लगानीकर्ताको मुख्य माग पनि यही नीति सच्याउनु हो। यो व्यवस्थाअनुसार नाताभित्रका वा स्वार्थ बाझिने व्यक्ति तथा संस्थाले एउटा बैंकबाट बढीमा ४ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउँछ भने बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म लिन पाउनेछ। लगानीकर्ताको मुख्य माग नै अहिले यो नीति हटाउनु रहेको छ। 

No description available.

बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स दिनुपर्ने, ब्रोकरको शाखा विस्तारमा ब्रोकरले आफैं निर्माण गरेको अनलाइन टेड्रिङ स्टिम (टिएमएस) सञ्चालन गर्न दिनुपर्ने, राजनीतिक दलका नेतालाई सेयर बजारको बारेमा नकारात्मक टिप्पणी गर्न बन्देज गर्नुपर्ने र लगानीकर्ताले बिक्री गरेको सेयर स्वत श्रोतमा कर कटौती (टिडिएस) हुनुपर्ने माग राखेका छन्। 

सेयर कर्जामा ४/१२ को नीति परिमार्जन गर्न चौतर्फी दवाव 

धितोपत्र बोर्डका अध्यक्ष हमालले सेयर बजार घट्नुको प्रमुख कारण राष्ट्र बैंकको नीतिलाई मानेका छन्। मंगलबारको पत्रकार सम्मेलनमा उनले ४/१२ को नीतिले बजार घटेको हुँदा संशोधनको लागि पहल भइरहेको बताए।

उनले बजार घट्नुको दोष बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकलाई दिए। राष्ट्र बैंकले ल्याएको जोखिम भारसम्बन्धी नीतिका कारण पनि समस्या भएको उनको तर्क छ। यस विषयमा अर्थ मन्त्रालयमार्फत् राष्ट्र बैंकसँग कुरा भएको उनको भनाइ छ। 

राष्ट्र बैंकले नीति बनाउँदा समन्वय नगर्दा यस्तो समस्या आएको हमालको तर्क छ। ‘नीति बनाउँदा राष्ट्र बैंक, बीमा समिति र हामी जस्ता नियामक निकायबीच समन्वय हुनुपर्ने हो,’ उनी भन्छन्, ‘यस विषमा हामी राष्ट्र बैंकसँग कुरा गर्छौं।’ उनले पुँजीबजार सुधार सुझाव समितिले मौद्रिक नितिमा ४/१२ को व्यवस्था परिवर्तन गर्नका लागि अध्ययन सुरु गरेको जानकारी दिए। 

हमालका अनुसार कर्जा चुक्ता गर्नलाई लगानीकर्ताले सेयर बेच्दा सेलिङ चाप बढेको हो। बजारको माग सम्बोधन गर्न मार्जिन कर्जामा जोखिम भार बढाउने, ४/१२ को नीतिमा देखिएको समस्या समाधानका लागि कर्जा नवीकरण गर्ने व्यवस्था गर्न लगाउने विकल्प रहेको उनको भनाइ छ। 

यसैगरी, एनआरएन डेभलपमेन्ड फण्डका कार्यकारी अधिकृत तथा सेयर बजार जानकार अनलराज भट्टराई मौद्रिक नीतिले सेयर कर्जामा राखेको ४/१२ को सीमा हटाउनुपर्ने बताउँछन्। यता चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल पनि ४/१२ कै नीतिकै कारण लगानीकर्ता संकटमा परेको भन्दै नियामक निकायले यो नीति हटाउनुपर्ने माग राख्छन्। 

उनी भन्छन्, ‘विश्वमा पुँजी बजारलाई देशको आर्थिक अवस्था हेर्ने ऐनाको रुपमा हेन्रिन्छ। तर, नेपालमा विभिन्न समयमा पुँजी बजारमाथि नै हस्तक्षेप गर्ने र नकारात्मक टिप्पणी हुने गरेका छन्। यो अवस्थालाई समाधान गर्न नियामक निकायले नीतिमा विचार गर्नुपर्ने बेला आएको छ।’

सेयर कर्जाको ४/१२ नीतिका कारण बजार घटेको हो? 
सेयर बजार ४/१२ नीतिको कारण नभएर अहिलेको आर्थिक अवस्थाको कारण घटेको बैंकर भुवन दाहाल बताउँछन्। ‘नेपालको सेयर बजारमा १२ करोड रुपैयाँभन्दा माथि लगानी गर्ने लगानीकर्ता सिमित छन्। यसकारण ४/१२ को नीतिले सेयर बजार घट्नुपर्ने अवस्था आयो भन्ने मलाई लाग्दैन’, दाहाल भन्छन्।

सेयर बजार घट्नुको मूल कारण तरलताको अभाव, ब्याजदर वृद्धि र आर्थिक संकट रहेको उनको बुझाइ छ। उनी भन्छन्, ‘कर्जालाई उत्पादनमुखि क्षेत्रमा लैजानुपर्ने र आयात विस्थापन गर्नुपर्ने दबाब राष्ट्र बैंकलाई छ। निर्यात प्रबन्धन हुने खालको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ। यसकारण राष्ट्र बैंक घर/जग्गा र सेयर बजारजस्ता क्षेत्रमा लगानी कम गर्नतर्फ लागेको छ। अर्थशास्त्रीको सुझाव पनि यही नै छ।’

यही कारण पनि सेयर बजारमा कर्जा कम जाओस् भन्ने उद्देश्य राष्ट्र बैंकको रहेको उनको भनाइ छ। ‘जब बजारमा ऋणको ब्याजदर बढ्छ, सेयरको भाउ ओरालो लाग्ने गरेको छ,’ उनी भन्छन्, ‘लगानी योग्य रकम नहुँदा पनि त्यसको असर सेयर बजारमा पर्ने गरेको छ।’

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव  ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ । मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्