काठमाडौं– आमाबुबाको लागि आफ्ना सन्तान प्राण भन्दा पनि प्यारो हुन्छ। सन्ततिको सुनौलो र उज्ज्वल भविष्यको चाहना सदैव आमाबुबाले राखेका हुन्छन्।
उनीहरुको पालनपोषन, शिक्षादिक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस् भन्ने इच्छा सबै अभिभावकको हुन्छ। छोराछोरीको विवाह अभिभावकको लागि एक अमूल्य क्षण हुन्छ।
यसै क्षणलाई यादगार बनाउन कुश्मा निवासी मेनका रेग्मीले आफूले सानो–सानो रुपमा बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरी–ज्वाईंलाई उपहार स्वरुप जीवन बीमा गरिदिएकी छिन्।
जीवनमा आइपर्न सक्ने जोखिम बहन र बचत पनि होस् भन्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेका छोरी– ज्वाईं पुजा रेग्मी र सुझाव आचार्यको जीवन सुखमय होस् भन्ने कामनासहित बीमा गरिदिएकी हुन्।
कम्पनीको कुश्मा शाखाबाट जारी गरीएको उक्त बीमा योजना सूर्या लाइफका एजेन्सी विभाग प्रमुख, यज्ञबहादुर राउतले वैवाहिक समारोहमै गएर हस्तान्तरण गरे।
सूर्या सुरक्षित योजना र सूर्या सुरक्षा कवजसहितका योजनाले जीवनमा विपत्तिले निम्त्याउन सक्ने आर्थिक समस्याको भार न्यून गर्ने र जोखिम बहन पनि हुने हुदाँ सबैलाई जीवन बीमा गर्न मेनका रेग्मीले सुझाव दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।