काठमाडौं- नेपालमा सिट्रोन कारको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्सले 'सिट्रोन एक्सचेन्ज क्याम्प' घोषणा गरेको छ।
आजबाट सुरु हुने उक्त क्याम्प चारदिन सम्म चल्ने छ। थापाथली काठमाडौंमा रहेको सांग्रिला मोटर्सको शोरुममा आकर्षक फाइदाहरूसहितको क्याम्प आयोजना गरेन लागेको जनाइएको छ।
ग्राहकहरूले पुराना अटोमोबाइल ब्रान्ड नयाँ सिट्रोन सी५ एयरक्रस एसयुभिका लागि उचित मूल्याङ्कनमा साट्न सक्ने उत्कृष्ट अवसर प्रदान गर्ने सांग्रिला मोटर्सले जनाएको छ। एक्सचेन्ज क्याम्पले प्रयोग भएका अटोमोबाइलको उचित मूल्याङ्कनका साथै विशेष छुट जस्ता विभिन्न आकर्षक अफरहरू पनि उपलब्ध गराएको छ, जसले सम्झौतालाई थप आकर्षक बनाउँदै लगेको छ। ग्राहकहरूको सहजताका लागि विशेष वित्तीय योजनाको सुविधा पनि दिइने कम्पनीले जनाएको छ।
हालै मात्र बजारमा प्रवेश गरेको सिट्रोन नेपालले आफ्ना ग्राहकहरुका लागि विभिन्न नयाँ र रोमाञ्चक अफरहरु ल्याएको छ। एक्सचेन्ज क्याम्पलाई एक परिचयात्मक अफर मानिएको छ र कम्पनीले यस्तै सम्झौता र अफरहरू आगामी दिनमा ल्याउने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।