काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बीमालेख योजना 'मेरो सुनिश्चित प्रतिफल बीमा योजना' आजबाट प्रचलनमा ल्याएको छ।
बुधबार आयोजित एक समारोहबीच सार्वजनिक गरिएको यो बीमा योजना आजकै दिनदेखि प्रचलनमा ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए।
यो बीमा योजनाअन्तर्गत बीमितले आफ्नो आवश्यकताअनुसार बीमा शुल्क भुक्तानी गर्न सक्नेछन्, साथै सिमित समयको लागि बीमा शुल्क भुक्तानी गरि बीमालेख अवधिभर रक्षावरण पाउन सक्नेछन्। यो योजनामा अढाई गुणासम्म सुनिश्चित प्रतिफल दिने कम्पनीको दाबी छ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको पहिलोउद्देश्य ’उत्कृष्ट योजना र सेवाप्रदान गर्ने’हो र सोहि अनुरुप’मेरो सुनिश्चितबीमा योजना’ नेपाली जीवन बीमा बजारमा अहिले सम्मकै गुणस्तरीय र उत्कृष्ट प्रडक्ट ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए।
यो बीमा योजनामा १६वर्ष अवधिको बीमालेखमा आधारभुत बीमा शुल्कको २ गुणा र २० वर्षको बीमालेखमा आधार भुतबीमा शुल्कको २.५ गुणा प्रतिफल ग्यारेण्टीका साथ पाइन्छ। यस बिमालेखमा अतिरिक्त सुविधाहरु लिनचाहने बीमितले अतिरिक्त शुल्क भुक्तानी गरी अतिरिक्त पुरक करार सुविधाहरु समेत लिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।