काठमाडौं– नेपालमा रहेको अमेरिकन चेम्बर अफ कमर्सले आफ्ना सदस्यहरूका लागि काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा अध्यक्ष अजित शाहले नोभेम्बरमा एमच्यामको औपचारिक स्थापनादेखि हालसम्मका उपलब्धिहरूबारे चर्चा गरेका थिए।
चेम्बरमा अहिले २८ सदस्यसहित तीन समितिहरु छन्। समितिहरू निर्धारण गर्न एमच्यामले सदस्य र सम्भावित सदस्यहरू बीच सर्वेक्षण गरेको थियो।
प्रतिक्रियाको आधारमा समितिहरूलाई वकालत र नीति, अर्थ र नेटवर्किङमा विभाजन गरिएको थियो।
समितिले अब विभिन्न समस्याहरूलाई सम्बोधन गर्न र अमेरिकी र नेपाली कम्पनीहरूबीचको सम्बन्धलाई सहज बनाउन काम गर्नेछ जसले गर्दा स्थानीय कम्पनीहरूले अमेरिकी कम्पनीहरूसँग काम गर्दै आफ्नो व्यवसाय विस्तार गर्न र अमेरिकी कम्पनीहरूलाई नेपालमा लगानी गर्ने अवसरहरूबारे चेतना अभिवृद्धि गर्न सक्ने बताइएको छ।
अमेरिकन चेम्बर अफ कमर्स नेपालमा सञ्चालित अमेरिकी व्यापारिक संस्थाहरूको एक संगठन हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।