काठमाडौं– गृह मन्त्रालयले लागुऔषध सम्बन्धी समाचार लेख्ने पत्रकारहरूलाई पुरस्कार प्रदान गर्ने भएको छ। जसका लागि मन्त्रालयले आवेदन दिन पत्रकारहरूलाई आग्रह गरेको छ।
लागुऔषध सम्बन्धी समाचार लेख्ने पत्रकारहरूलाई पुरस्कार दिने भन्दै इच्छुक व्यक्तिलाई समाचारसहित आवेदन पेस गर्न गृह मन्त्रालयले सूचना जारी गरेको हो।
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा लागुऔषधको क्षेत्रमा उत्कृष्ट समाचार लेखन तथा रिपोर्टिङ गर्ने तीनजना पत्रकारलाई पुरस्कृत गर्ने गृहले जनाएको छ।
यसका लागि इच्छुक पत्रकारले असार १० गतेभित्र आवश्यक कागजातसहित गृह मन्त्रालयमा आवेदन दिनुपर्नेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।