• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सशस्त्रको बढुवामा मोलाहिजा: साढे ३ वर्ष जुनियरलाई १ नम्बरको पुरस्कार

२० नम्बरका छुट्दा ४८ नम्बरका बढुवा, कारबाही भोग्नेलाई छानीछानी सिफारिस!
64x64
नारायण अधिकारी मंगलबार, असार ७, २०७९  १८:३३
1140x725

काठमाडौं– असार ५ गते सशस्त्र प्रहरी प्रधान कार्यालयले ३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गर्‍यो। सिफारिस सूचीको पहिलो नम्बरमा टोपबहादुर डाँगी परेका छन्। दोस्रो नम्बरमा हस्तबहादुर गुरुङ छन्।

दोस्रो नम्बरमा सिफारिसमा परेका गुरुङ डीएसपीमा बढुवा भएको साढे ३ वर्षपछि मात्रै पहिलो नम्बरमा परेका डाँगीले डीएसपीको फुली लगाएका थिए। गत वर्ष २०७८ असारमा डीएसपीबाट एसपी बढुवा हुने बेला गुरुङ बढुवा हुनेमा ढुक्क थिए। किनकि उनी त्यसबेला नै बढुवा दाबेदारको दुई नम्बरमा थिए। तर, दोस्रो नम्बरमा रहँदा नै गुरुङलाई बढुवामा छुटाइयो। 

अहिले एक वर्षपछि उनी बढुवा सिफारिसमा त परे, तर आफूभन्दा साढे ३ वर्ष जुनियरभन्दा पछि। आफूभन्दा साढे ३ वर्षपछि डीएसपीको फुली लगाएका डाँगीले शक्ति केन्द्र रिझाएपछि गुरुङ पछि धकेलिए। ज्येष्ठताको आधारमा बढुवा गरिएको दाबी गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले साढे ३ वर्ष सिनियर अफिसरलाई पन्छाएर जुनियरलाई पहिलो नम्बरमा बढुवा गर्‍यो। बढुवा हुने बेला शक्ति केन्द्रको मोलाहिजामा प्रहरी अफिसरहरु पर्दै आएका छन्।

सशस्त्र प्रहरीको महानिरीक्षक (आईजी) भएलगत्तै राजु अर्यालले सरुवा बढुवालाई न्यायोचित बनाउन आवश्यक मापदण्ड बनाएर लागू गर्ने बताएका थिए। तर, संगठनमा त्यस्तो हुन नसकेको सशस्त्रकै कर्मचारीहरु बताउँछन्। कारबाही भोगेको र कमजोर कमाण्ड भएकाहरु बढुवा हुँदा कार्यक्षमता र फिल्ड कमाण्डमा उत्कृष्ट रहेकाहरु बढुवामा छुटेको सशस्त्र प्रहरीका अधिकारीको गुनासो छ।  

सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएअनुसार बढुवाको क्रममा ज्येष्ठताका आधारमा २० नम्बर दिइन्छ। यस्तै, कार्यसम्पादन मूल्याङ्कन (कासमू)को आधारमा ४०, भौगोलिक क्षेत्र (दुर्गम)मा काम गरेबापत ८, शैक्षिक योग्यता बापत ७, तालिम बापत १३, चूनौतीपूर्ण विशेष जिम्मेवारी बापत ५, विभूषण बापत २ र बढुवा समितिले दिने नम्बर ५ हुन्छ। तर, यसपटकको बढुवामा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारलाई नै बढी मिचिएको सशस्त्रका अधिकारीको गुनासो छ।   

यसपटक डीएसपीबाट एसपीमा बढुवा हुनेमध्येमा पुरोनो टोली (२०६४ सालमा डीएसपी भएका)मध्येबाट ८ जना छन् भने बाँकी पछिल्लो टोलीका छन्।  अहिले १ नम्बरमा बढुवा भएका डाँगीको टोलीका 'सदस्य'हरु साढे तीन वर्षपछि २०६७ सालमा डीएसपी भएका थिए।

२०६० साउन २९ गते सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका ९६ जनामध्ये अहिले ८४ जना कार्यरत छन्। उनीहरुको ३ लटमा बढुवा भएको थियो। पहिलो लटमा १८ जना, दोस्रो लटमा २३ जना र बाँकी तेस्रो लटमा बढुवा भएका थिए। पहिलो लटमा बढुवा भएका अनिल कार्की दुई नम्बरमा थिए। तर, अहिले ३७ जना डीएसपी बढुवाका लागि सिफारिस गर्दा २ नम्बरका कार्कीलाई १३ नम्बरमा पुर्‍याइएको छ।  

यो पनि पढ्नुहोस्

वरीयतामा पछि रहेकाको ‘पावर’ले आठ महिनादेखि रोकियो सशस्त्रमा एसपीको बढुवाआइतबार, असोज ३१, २०७८

१८ नम्बरका धीरेन्द्रराज न्यौपानेलाई ६ नम्बरमा ल्याइएको छ भने १० नम्बरका जीवन केसीलाई ५ नम्बरमा तानिएको छ। १३ नम्बरका दिनेश मल्ल ८ नम्बरमा आएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यता २० नम्बरका राजेश खरेललाई बढुवामा छुटाइँदा ४०औं नम्बरका सन्तोषवीक्रम शाह बढुवाका लागि सिफारिस भएका छन्। सिनियर टोलीका ८ जनाको समेत हिसाब गर्ने हो भने सन्तोषवीक्रम शाह ४८ नम्बरमा रहँदा समेत ३७ जनाभित्र बढुवामा पर्ने अधिकृत हुन्। रोलक्रममा ४८औं नम्बरमा हुँदा पनि शाह आर्थिक चलखेमार्फत् बढुवामा परेको उनका प्रतिस्पर्धीहरु बताउँछन्।

३७ जना बढुवा गर्दा २१ नम्बरका गुणराज न्यौपाने, २३ नम्बरका क्षितिज क्षेत्री, २४ नम्बरका प्रेम प्रसाईं, २७ नम्बरका विश्वबन्धु खड्का, २८ नम्बरका नवीनकुमार खड्का, ३० नम्बरका मोहनबहादुर क्षेत्री, ३१ नम्बरका आनन्द थापा मगर, ३२ नम्बरका खगेन्द्रबहादुर चन्द बढुवामा छुटेका छन्।

सिनियर टोलीका ८ जना बाहेक बाटै गणना गर्दा समेत ३८ नम्बरका डम्बर विष्ट, ३९औं नम्बरका पुरन चन्द भट्ट समेत बढुवामा परेका छन्। 

सिपाहीलाई मामाको घरमा सुँगुरको खोर बनाउन खटाउनेदेखि रेस्टुरेन्टमा बितण्डा मच्चाउनेसम्मको बढुवा
अहिलेको बढुवामा धेरैजसो कारबाही भोगेका अधिकृतहरुको बोलवाला रहेको देखिएको छ। मामाको घरमा सुँगुरको खोर बनाउन सिपाही खटाउनेदेखि प्रहरी कुट्ने अधिकृत बढुवामा परेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कारबाही भोगेर पनि साढे ३ वर्ष वर्ष सिनियर ८ जना अधिकृतलाई उछिनेर र आफ्नो टोलीको १४ नम्बरमा रहँदा समेत ८ नम्बरमा बढुवा सिफारिसमा पर्ने अधिकृत हुन् दिनेश मल्ल। एउटा घटनामा मुछिएर पोखराको बैदाम प्रहरी कार्यालको हिरासतमा थुनामा बसेका अधिकृत हुन् मल्ल। प्रहरीलाई कुटेपछि उनलाई बैदाम प्रहरीले पक्राउ गरेर थुनामा राखेको थियो। अहिले उनै मल्ल छलाङ मार्दै ८ नम्बरमा बढुवा सिफारिस भएका छन्।

११ नम्बरमा सिफारिसर भएका माधव रेग्मी लिखित कारबाही भोगेर २ वर्ष बढुवा रोक्का भएका अधिकृत हुन्। उनलाई एसपीमा बढुवाका लागि ११औं नम्बरमा सिफारिसस गरिएको छ। २३ नम्बरमा बढुवा सिफारिस भएका धनबहादुर बानियाँ पनि कारबाही भोगेका अधिकृत हुन्। पूर्वी तराईको जिल्लामा रहँदा रासन घोटाला गरेको भन्दै सशस्त्र प्रहरी प्रधान कार्यालयले उनलाई कारबाही गरेको थियो। 

२१ नम्बरमा बढुवाका लागि सिफारिस गरिएका रामहरि अधिकारीको त आर्थिक अनियमितामा संलग्नता देखिएको भन्दै जिम्मेवारी नै खोसिएको थियो। भन्सार नाका काँकडभिट्टामा हुँदा उनले आर्थिक घोटाला गरेको पाइएको थियो। २० नम्बरमा बढुवा सिफारिस भएका दिनेश कुमार महत झन् १ वर्षसम्म निलम्बनमा परेका अधिकृत हुन्। ललितपुरको एक रेस्टुरेन्टमा विवाद गरेर ठूलै काण्ड मच्चाएको भन्दै सशस्त्र हेडक्वार्टरले महतलाई १ वर्षसम्म निलम्बन गरेको थियो। 

१६ नम्बरमा सिफारिस भएका सुरेन्द्रराज रन्जित कमाण्ड गर्न सकिनँ भनेर जिम्मेवारीबाट पन्छिएका अधिकृत हुन्। विराटनगर भन्सारमा सरुवा भएको केही समयमै काम गर्न नसक्ने भन्दै उनी आफैँ त्यहाँबाट बिदा भएका थिए। ६ नम्बरमा बढुवा सिफारिस भएका धीरेन्द्रराज न्यौपाने 'केटी काण्ड'ले विवादमा आएपछि सशस्त्र हेडक्वार्टरले उनलाई चेतावनी दिएको थियो।

२९औं नम्बरमा बढुवा सिफारिस भएका लकेश कुमार तुम्बाहाम्फे त मामाको घरमा सुँगुरको खोर बनाउन सिपाही खटाउने प्रहरी अधिकारी हुन्। मामाको घरको सुँगुरको खोर बनाउन सिपाही खटाएको विषय सार्वजनिक भएपछि तुम्बाहाम्फेलाई त्यसबेला चेतावनी दिँदै तुरुन्तै सिपाहीलाई फिर्ता गरिएको थियो। 

३४औं नम्बरमा बढुवा सिफारिस भएका सुशील कुमार शाहीको कमजोर कमाण्ड कन्ट्रोल मानिन्छ। उनका ब्याचीहरु सबैले गुल्मको कमाण्ड गरिसक्दा पनि उनले गुल्म चलाउन सकेका थिएनन्। आफ्नो ब्याचीबाट अन्तिममा गुल्मको कमाण्ड गर्ने अफिसर हुन् शाही। 

३० नम्बरमा बढुवा भएका डम्बरबहादुर बिष्ट पनि बुटवलमा हुँदा 'केटी काण्ड'मा विवादमा परेका अफिसर हुन्। यसरी कारबाहीका भागिदारहरु यो पटकको बढुवामा अघि देखिएका छन्।

सिनियर ८ डीएसपीलाई अन्याय, साढे ३  वर्ष जुनियरलाई १ नम्बरको पुरस्कार
प्रहरीको असईमा भर्ना भएर सशस्त्रमा गएका र बढुवा हुँदै डीएसपीसम्म पुगेका ८ जनालाई यो पटकको बढुवामा पनि अन्याय गरिएको सशस्त्र प्रहरी अधिकारीहरु नै बताउँछन्। अघिल्लो वर्ष २०७८ साउनमा डीएसपीबाट एसपीमा बढुवा गर्दा समेत २ नम्बरमा रहेका हस्तबहादुर गुरुङलाई छुटाइएको थियो। तर अहिले बढुवा हुँदा समेत करिब साढे ३ वर्ष पहिला नै डीएसपी बनेकाहरुलाई उछिन्दै जुनियरलाई १ नम्बरमा बढुवा गरिएको छ। 

३७ जना बढुवाको सिफारिसरमा पर्दा तीमध्ये ८ जना भने प्रहरीको असईमा भर्ना भएर बढुवा हुँदै आएका अफिसर हुन्। असईबाट आएका ८ अफिसरहरुमा हस्तबहादुर गुरुङ, उद्धवबहादुर रावल, सुशीलप्रसाद पराजुली, अशोककुमार शाक्य, कमल चन्द्र गैरे, प्रेमबहादुर रावल, गोपाल प्रसाद श्रेष्ठ र हर्कबहादुर शाही छन्।

उनीहरु अहिले बढुवा सिफारिसमा परेकामध्ये साढे ३ वर्ष पहिला नै डीएसपी बनेका प्रहरी अधिकृत हुन्। साढे ३ वर्ष सिनियर हुँदा पनि जुनियर टोपबहादुर डाँगीलाई पहिलो नम्बरमा राख्दै बढुवा गरिएको छ। 

साढे ३ वर्ष सिनियर रावललाई ९ नम्बरमा, पराजुलीलाई १५ नम्बरमा, शाक्यलाई १८ नम्बरमा, गैरेलाई २२ नम्बरमा, अर्का रावललाई २४ नम्बरमा, श्रेष्ठ र शाहीलाई क्रमश २५ र २६ नम्बरमा राखेर बढुवा गरिएको छ। साढे ३ वर्ष ज्येष्ठ भए पनि उनीहरुलाई पुछारमा राख्दै साढे ३ वर्ष जुनियरलाई अघि राखेर बढुवा सिफारिस गरिएको छ। 

यो पनि पढ्नुहोस्

सशस्त्रका आईजीको ‘पावर प्ले’: भाषणमा 'रामराज्य', काममा 'हुक्के चिलिमे'!आइतबार, जेठ २९, २०७९

 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्