पत्रकार रनि विवश
महेन्द्रनगर– कञ्चनपुर सदरमुकाम महेन्द्रनरको गल्ली नम्बर ४ फ्रीलाइनमा अलकत्रा पोल्ने गाडीमा आगजनी भएको विषयमा समाचार संकलन गर्ने क्रममा प्रहरीलाई प्रश्न सोधेपछि पत्रकार पक्राउ परेका छन्।
समाचार संकलनका लागि आगलागी भएको स्थलमा पुगेका पत्रकार रनि विवशलाई प्रहरीले पक्राउ गरेको हो। मंगलबार राति आगलागीस्थलमा पुगेर आगलागीको कारण, क्षति तथा घटनास्थल विवरण (मुचुल्का) संकलनबारे प्रश्न सोध्दा प्रहरीले पत्रकार विवशलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्ना नेतृत्वको टोलीले राति १० बजे आगजनीस्थलबाट पक्राउ गरेको पक्राउ गरेको हो। पत्रकार विवशलाई प्रहरीले २ घण्टा हिरासतमा राखेर छाडेको हो।
‘यो जलेको गाडीको मुचुल्का गरिएको हो कि? भनेर सोध्दा त्यहाँ रहेका असईले हो भनेर जवाफ दिए। अनि मैले कति बेला गरिएको हो भनेर सोध्दा नजिकै उभिएका इन्सपेक्टरले यसलाई समात भने, त्यसपछि हातपात गरी हुत्याएर गाडीमा हालियो,’ पत्रकार विवशले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।