काठमाडौं– सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गरेको सम्झौता नवीकरण गरिएको छ।
पाटन अस्पतालमा आयोजित कार्यक्रममा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र पाटन अस्पतालका तर्फबाट निर्देशक प्रा.डा. रवि शाक्यले हस्ताक्षर उक्त सम्झौतापत्रमा गरेका छन्।
बैंकले २०७५ सालदेखि उक्त सहयोगलाई निरन्तरता दिइरहेको छ। सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रतिव्यक्ति २० हजार रूपैयाँसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा छ।
सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ।
उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता पुनः नवीकरण गर्दै आइरहेको छ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११८ वटा एटीएम सञ्चालनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।