काठमाडौं–सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो।
यसैगरी बैठकले राष्ट्रिय समाचार समितिको अध्यक्षमा पत्रकार धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय गरेको छ।
यस्तै, आगामी दिनमा परराष्ट्र मन्त्रालय आकर्षित हुने बैठकहरुमा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि वा मन्त्रालयबाट सहमति लिएरमात्र निर्णय गर्ने सरकारको निर्णय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।