काठमाडौं–पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्धको प्रदर्शनका क्रममा एमालेनिकट अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेलगायत घाइते भएका छन्।
काठमाडौैैको त्रिचन्द्र क्याम्पसअगाडि भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा उनी घाइते भएको नेता सुदर्शन शिवाकोटीले जानकारी दिएका छन्। लामिछानेको काठमाडौैको मोडल अस्पतालमा उपचार भइरहेको छ।
विद्यार्थीहरुले निकालेको मसाल जुलुसका क्रममा प्रहरीसँग झडप हुनुका साथै ढुंगा हानाहान भएको थियो। प्रहरीेले अश्रुग्याससमेत प्रहार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।