काठमाडौं– क्यारो फिल्म्सले निर्माण गर्ने भनिएको नेपाली चलचित्र लूको सूटिङ आउँदो मंसिरदेखि हुने भएको छ।
नयनराज पाण्डेद्वारा लिखित उपन्यास लूको अधिकार क्यारो फिल्म्सले केही समय अघि लिएको थियो।
हालै मात्र संगीत निर्देशकका रूपमा क्यारो फिल्म्सले कालीप्रसाद बास्कोटालाई आबद्ध गरेको छ।
लू चलचित्रका निर्माता निशा खरेल र बास्कोटाबीच सम्झौतामा हस्ताक्षर भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।