काठमाडौं–पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा आइतबारदेखि पुनः यातायात सञ्चालनमा आएको छ। पहिराका कारण केही दिनदेखि अवरुद्ध हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्ग सिस्नेरी सडकखण्डमा आइतबारदेखि यातायात पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गत मंगलबार वर्षासँगै आएको पहिराका कारण अवरुद्ध भएको थियो । हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।
यस्तै पहिराकै कारण केही दिनदेखि अवरुद्ध कान्तिराजपथ सडकखण्डमा पनि आइतबारदेखि नै यातायात सञ्चालनमा आएको छ। विभिन्न स्थानमा गएको पहिराका कारण अवरुद्ध सडकखण्डमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।