काठमडौं–काठमाडौं महानगरपालिकाले कोचिङ सेन्टर तथा शैक्षिक परामर्श केन्द्रहरुलाई नियमन गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा महानगरले यस्तो नीति लिएको छ।
आइतबार काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र साहले काठमाडौं महानगरपालिकाभित्र रहेका विभिन्न शैक्षिक परामर्श केन्द्र र कोचिङ सेन्टरलाई अभिलेखीकरण गरिने नीति उल्लेख गरेका हुन्।
यसरी अभिलेखीकरण गरिनुका साथै यीनिहरुलाई नियमन गर्ने आवश्यक नीति लिने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।