काठमाडौं– काठमाडौं महानगरपालिकाभित्र रहेका १३ विद्यालयमा आगामी आर्थिक वर्षदेखि प्राविधिक शिक्षा पढाइ हुने भएको छ। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा यो विषयलाई समेटिएको छ।
हाल काठमाडौं महानगरपालिकामा ११ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पढाइ भइरहेको छ। यसमा थप दुई विद्यालयमा प्राविधिक शिक्षालाई विस्तार गर्दै आगामी आर्थिक वर्षमा १३ वटा विद्यालयमा प्राविधिक शिक्षा पढाइ हुने नीति लिइएको हो।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्राविधिक र सिपमुलक अध्यापनलाई विशेष प्राथमिकतामा राखिएको छ।
हाल काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भइरहेको छ। महानगरका मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।