काठमाडौं– विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न काठमाडौं महानगरपालिकाले विज्ञहरु राखेर समिति गठन गरि योजना बनाउने भएको छ। काठमाडौं महानगरपालिकामा आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भनेका छन्– विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सम्बन्ध विज्ञहरु राखेर समिति गठन गरि महानगर शिक्षा सुधार योजना तर्जुमा गरिनेछ। बाल शिक्षा, आधारभूत शिक्षा, माध्यमिक शिक्षालाई थप जनजीवन उपयोगी र व्यवसायिक बनाउँदै लगिनेछ।
त्यस्तै, माध्यमिक शिक्षाबाटै आधारभूत प्राविधिक ज्ञान र सिपसहितको शिक्षा प्रदान गरि विदालय तह पुरा गर्दा स्वरोजगार हुनसक्ने निति ल्याइने नीति तथा कार्यक्रममा उललेख छ। नीति तथा कार्यक्रममा उल्लेख छ– माध्यमिक शिक्षामा आधारभूत प्राविधिक ज्ञान र सिपसहितको शिक्षा प्रदान गरि विद्यालय तह पुरा गर्दा कम्तीमा एउटा सिपमा स्वरोजगार हुन सक्ने निति ल्याइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।