काठमाडौं- हंगेरीको बुडापेस्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा नेपालका नासिर हुसेनले फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।
नासिरले पुरुष २०० मिटर फ्रिस्टाइलमा निर्धारित दूरी २ मिनेट ००.९९ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्।
नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यका अनुसार नासिरले यसअघि २ मिनेट ०१.६० सेकेन्डको कीर्तिमान भंग गरेका हुन्।
प्रतियोगितामा नेपालको तर्फबाट नासिरसँगै महिलामा डुवाना लामा सहभागी छिन्। डुवानाले १०० मिटर ब्रेष्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेको वज्राचार्यले जानकारी दिए।
डुवानाले निर्धारित दूरी १ मिनेट १७.५८ सेकेण्डमा पूरा गर्दै यसअघिको ब्रेष्टस्ट्रोकको १ मिनेट १७.८८ सेकेण्डको कीर्तिमान भंग गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।