काठमाडौं– नबिल बैंकले एकै पटक १२ वटा शाखा सञ्चालनमा ल्याएको छ।
नबिल बैंकले कर्णाली प्रदेश तथा प्रदेश ७ र ५ का विभिन्न गाउँपालिकाहरुमा १२ वटा शाखा आजैबाट कारोबार सूरु हुनेगरी सञ्चालनमा ल्याएको हो।
मंगलबार अर्थमन्त्री डा युवराज खतिवडाले काठमाडौंबाट अनलाईनमार्फत् १२ वटा शाखाको उद्घाटन गरे। कर्णाली प्रदेशमा ५, प्रदेश ५ मा १ र प्रदेश ७ मा ६ वटा नबिल बैंकका शाखाहरु सञ्चालन गरिएका छन्। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार एकैपटक १२ वटा शाखा सञ्चालनमा ल्याइएको बताए।
१२ वटा शाखा थप भएसँगै नबिल बैंकको देशभर ७४ वटा शाखा पुगेको छ। १ सय १५ एटिएम र १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टको प्रभावकारी परिचालनमार्फत् सेवाग्राहीलाई थप सन्तुष्टि प्रदान गर्ने बैंकको दावी छ। बैंकले स्थानीय तहमा सञ्चालन गरिएका शाखाहरुको सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।