• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कस्तो आउनुपर्छ मौद्रिक नीति? के अपेक्षा छन् निजी क्षेत्रका?

64x64
सुमित्रा कार्की शुक्रबार, असार ३, २०७९  २०:००
1140x725

काठमाडौं–नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटेको छ। यही बेला निजी क्षेत्र भने मौद्रिक नीतिले आफ्ना समस्या समाधान गर्ने आशामा छ। 

अहिले देशमा देखिएको तरलता अभाव, वैदेशिक व्यापार घाटा, घट्दो विदेशी सञ्चिति र महँगीलगायतका समस्याको समाधान गर्ने खालको मौद्रिक नीति आउनुपर्ने राष्ट्र बैंकका पूर्वनिर्देशक रमेशकुमार पोखरेल बताउँछन्। निजी क्षेत्रका व्यवसायीले पनि सरकारसँग यस्तै अपेक्षा राखेको नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश श्रेष्ठ बताउँछन्। 

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्‍याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने मौद्रिक नीति हरेक आर्थिक वर्षको पहिलो महिनाको पहिलो साता सार्वजनिक गर्ने गरेको पोखरेल बताउँछन्। ‘मौद्रिक नीतिले राष्ट्रको मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापनमार्फत् आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्‍याउने उद्देश्य राष्ट्र बैंकले राखेको हुन्छ,’ पोखरेल भन्छन्।

मौद्रिक नीति अहिले देशमा देखिको अर्थतन्त्रको समस्या समाधानमा केन्द्रित हुनुपर्ने पोखरेलको भनाइ छ। उनी भन्छन्, ‘अहिले नेपालमा तरलता अभावको समस्या एकदमै जटिल बनेको छ। यसले बैंकहरुको व्यवसाय त घटेको छ नै, उद्योग कलकारखानालाई पनि ठूलो असर गरेको छ।’

यस्तै मुलुकको ढुकुटी बचाउन बजेटले सकारात्मक भूमिका निर्वाह गर्न नसके पनि त्यो कुरा मौद्रिक नीतिमा आउनुपर्ने पोखरेलको सुझाव छ। ‘अहिले बाह्यक्षेत्रको अर्थतन्त्रमा जस्तो खालको समस्या देखिएका छन्। मुद्रा सञ्चितिको तथ्यांक महिनैपिच्छे घट्दो छ। यसरी ढुकुटी निरन्तर घट्दै जाने हो भने यसले मुलुक खाद्यान्न आयात गर्न पनि नसक्ने अवस्थामा पुग्ने देखिन्छ,’ पोखरेल भन्छन्। विदेशी मुद्राको सञ्चिति घट्दै गए आउँदा दिनमा नेपालको अवस्था पनि श्रीलंकाकै जस्तो हुने उनको दाबी छ। 

तरलता अभावको समस्या चर्कँदा अहिले सञ्चालनमा रहेका उद्योगकलकारखाना नै संकटपूर्ण अवस्थामा आइरहेकाले यस्ता कुरा सुधार गर्न मौद्रिक नीतिले भूमिका निर्वाह गर्न आवश्यक रहेको पोखरेल बताउँछन्। ‘अहिले नेपालमा मात्र नभएर विश्वव्यापी रुपमा महँगी बढेको छ। अबको मौद्रिक नीति नागरिकलाई सहुलियत हुने खालको हुनु आवश्यक छ,’ उनी भन्छन्। मौद्रिक नीतिले देशमा देखिएको व्यापार घाटालाई पनि सम्बोधन गर्नुपर्ने पोखरेलको बुझाई छ। 

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भने राष्ट्र बैंक एक्लैले अर्थतन्त्रमा भएका कुरालाई सुधार गर्न नसक्ने बताउँछन्। उनी भन्छन्, ‘बजेट आइसकेको छ। बजेटको स्वरुप के हो भन्ने कुरा पनि स्पष्ट छ। आकार ठूलो भयो भन्ने कुरा आएको छ। गत वर्ष पनि सरकारले कूल गार्हस्थ उत्पादनको ३७ प्रतिशतको हाराहारीमा बजेट ल्याएको छ।’ 

यस पटक पनि सरकारले त्योभन्दा कम वा बढी भएर बजेट नल्याएको उनी बताउँछन्। ‘सरकारले लिएको मुलुकको ८ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशतको मूल्यवृद्धि दुवै त्योभन्दा तलमाथि मौद्रिक नीतिले ल्याउन सक्ने भएन,’ क्षेत्री भन्छन्। सरकारले तय गरेको कुरा राष्ट्र बैंकले परिवर्तन गर्न नसक्ने उनको भनाइ छ। 

nimb
nimb

राष्ट्र बैंकले मौद्रिक नीतिमा गर्न सक्ने सम्बोधन भनेको आयातमा कडाइ, विदेशी मुद्रा सञ्चिति जोगाउने, व्यापार घाटालाई कम गर्ने रहेकाे र त्यस्ता कुरालाई कसरी सहज बनाउन सकिन्छ भन्ने रहेकाले त्यस्तो खालको मौद्रिक नीति ल्याउन आवश्यक रहेको क्षेत्री बताउँछन्। 

मौद्रिक नीतिमा निजी क्षेत्रका अपेक्षा 
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल मौद्रिक नीतिमा दुई वटा प्रमुख कुरा समेटिनुपर्ने बताउँछन्। उनी भन्छन, ‘पहिलो कुरा अहिले बैंकले आधार दरमा प्रिमियम जोड्दा कतिसम्म जोड्न पाउँछन् भन्ने निश्चित छैन। जसले गर्दा बैंकले दिने कर्जाको ब्याजदर एकदम महंगो हुन पुगेको छ। यसलाई सुधार गर्नका लागि मौद्रिक नीतिले केही पहल गर्नु आवश्यक छ।’ 

यसैगरी, तरलता अभावको समस्या समाधान गर्नुपर्ने उनी बताउँछन्। ‘अहिले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले गर्दा निजी क्षेत्रलाई एकदमै ठूलो असर पुगेको छ। त्यसैले मौद्रिक नीतिमा तरलताको समस्या समाधान हने खालको नीति ल्याउन आवश्यक छ।’ उनी भन्छन्। 

श्रेष्ठका अनुसार हाल व्यवसायीलाई ब्याज तिर्नका लागि पनि पैसा अभाव छ। क्लोजिङ समयमा व्यापारीले ऋणको ब्याज तिर्न सक्ने अवस्था छैन। यसकारण मौद्रिक नीतिमा ब्याजदर तिर्ने समय थप गरिदिनुपर्ने विषय उल्लेख गर्नुपर्ने उनको भनाइ छ। 

‘व्यवसायी कसरी व्यवसाय जोगाउने भन्ने तनावमा छन्, त्यसकारण मौद्रिक नीति व्यवसायलाई जोगाउन सहयोग पुग्ने खालको हुनुपर्छ,’ उनी भन्छन्। 

कसैले गलत तरिकाले पैसाको प्रयोग गरिरहेको छ भने त्यस्तो मानिसलाई कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठ त्यसमा आफू्हरुको पनि साथ रहने बताउँछन्। ‘तर, अहिले तरलता अभाव लगायतका कुराले मारमा परेका व्यवसायीलाई केही राहत हुने खालको बजेट आउने अपेक्षा छ,’ उनी भन्छन्। 

 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
काठमाडौंमा ग्यास र इन्धन अभाव हुन नदिन आयल निगमको के छ वैकल्पिक योजना ? काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति प्रभावित हुन नदिन नेपाल आयल निगमले वैकल्पिक व्यवस्था मिलाएको छ। आइतबार, भदौ १४, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्य... आइतबार, भदौ १४, २०८३
एकैदिन तोलामा साढे ९ हजारले घट्यो सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १८ हजार ५ सय... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय आइतबार, भदौ १४, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? आइतबार, भदौ १४, २०८३
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी आइतबार, भदौ १४, २०८३
नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्