बुटवल– सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्र्रदेशमा ‘एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्पे्ररणा मुलक कार्यक्रम’ सम्पन्न गरेको छ।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चवारका अभिकर्ताको सहभागिता रहेको थियो।
इन्स्योरेन्सका प्रदेश प्रमुख किरण गौतमको अध्यक्षतमा आयोजना भएको कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, मावध शर्मा र विष्णु पंगेनीले अनुभव साँटेका थिए।
सूर्या लाइफको ‘मेरो पहिलो पोलिसी’ अभियान अन्तर्गत आफ्नो पहिलो पोलिसी हासिल गर्न सफल नयाँ अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान गरे।
साथै उपस्थित अभिकर्ताहरुलाई उत्प्रेरणामुलक सन्देश तथा उपलब्धिमुलक प्रशिक्षण दिएका थिए। बीमितहरुको सेवालाई प्रथमिकतामा राखी अघि बढेमा कम्पनीको व्यवसाय वृद्धि हुने उनको भनाइ थियो।
अभिकर्ताहरु नै कम्पनीको मेरुदण्ड भएको र उनीहरुमार्फत नै आम जनतामा कम्पनीको सेवा पुर्याउन सहज भएको उनले बताए। समयको सही सदुपयोग, मिहेनत र लगनशीलताका साथ अघि बढ्न उनले अभिकर्तालाई अनुरोध गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।