काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले कमलादी, काठमाडौंस्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशुल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउने भएको छ।
काठमाडौं महानगर कार्यपालिकाको जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउनका लागि होटल तथा अन्य संस्थालाई कार्यालयमा भएको शौचालयलाई सार्वजनिक गर्न गरिएको आव्हानअनुसार सिटी एक्सप्रेसले आफ्नो शौचालयलाई सार्वजनिक बनाउने निर्णय गरेको हो।
कार्यालयको भुँइ तलामा रहेको शौचालयलाई निःशुल्क सार्वजनिक शौचालय बनाउने निर्णय गरेको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ।
काठमाडौ महानगर प्रहरी बलका प्रमुख धनपती सापकोटाले सिटी एक्सप्रेस मनी ट्रान्सफरका चिफ बिजनेस अफिसर श्याम लामिछानेलाई संकेत बोर्ड हस्तान्तरण गरे।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै ‘जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस’ भन्ने नारालाई आत्मसाथ गर्दै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरुमार्फत् छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।