काठमाडौं– बर्जर पेन्ट्स नेपालद्वारा बर्जर मिस ग्ल्यामर, मिस नेपाल २०२२ का साथमा एक विशेष फेसन शो समारोह सम्पन्न गरेको छ।
नेपालमा सन् २००० देखि रंगको उत्पादन गर्दै आएको बर्जर पेन्ट्स नेपालले, हिडन ट्रेजरसँगको सहकार्यमा मिस नेपाल २०२२ को ताज, बर्जर मिस ग्ल्यामर छनोट होटल र्याडिसनमा एक विशेष फेसन शो समारोहबीच सम्पन्न गरेको छ।
आमन्त्रित गरिएका विशेष व्यक्तित्वहरू सहभागी यस समारोहमा मिस नेपालका २४ जना सुन्दरी प्रतियोगीहरुले प्रख्यात डिजाइनरद्वय मुकु बुटिकका मुक्तीका श्रेष्ठ, मनिष राई र कासाद्वारा डिजाइन गरिएका बर्जर सिल्क इलुजनका मेटालिका र नन–मेटालिका डिजाइनहरुका सम्मोहित पार्ने रंगहरुको ढाँचाका सिल्भर फायर, इन्फेर्ना, फ्लोरा र अरु धेरै आकर्षक पहिरनमा सजिएर प्रस्तुत भएका थिए।
अत्यन्त उच्चकोटीको फेसन, अद्वितीय मनमोहक, रंगहरु, डिजाइनहरु, सिर्जनशीलता र कलाका विविधता अतिथिहरुबीच प्रस्तुत गरिएको थियो।
बर्जरले पहिरनहरूमा कला र डिजाइनको फ्युजन ल्याएको थियो। रचना गुरुङद्वारा कोरियोग्राफी गरी तीनवटा मनमोहक दृश्यहरूसहितको कार्यक्रममा २४ जना प्रतियोगीहरूलाई ८–८ जना गरी तीन समूहमा विभाजन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।