काठमाडौं– तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आँबुखैरेनी गाउँपालिका– ४ रूवाखोलाको पुलबाट टिपर खोलामा खस्दा त्यसका चालकको मृत्यु भएको हो।
मर्स्याङ्दी जलविद्युतको पावर हाउस नजिकै बिहीबार बिहान मुग्लिनबाट आँबुखैरेनीतर्फ छुटेको ग १ क ४४६९ नम्बरको टिपर पुलबाट खोलामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा टिपर चालक तनहुँको म्याग्दे गाउँपालिका–६ का करिब ४७ वर्षका रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा गभ्मीर घाइते भएका दमैलाई उपचारका लागि चितवनस्थित मेडिकल कलेज लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।