काठमाडौं– नेपाली महिला टिम आईटीएफ एसिया यू–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा लगातार तेस्रो पटक पराजित भएका छन्। नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगितामा बुधबार भारतले नेपाललाई ३–० ले हराएको हो।
सिंगल्सतर्फ् प्राची मलिकले प्राज्ना मानन्धरलाई ६–० र ६–२ तथा आहनले शिभाली गुरुङलाई ६–० र ६–० को सोझो सेटमा हराइन्। डबल्समा प्राची र अनन्दिता उपाध्यायको जोडीले शिभाली र कर्मिस्था नुगाह श्रेष्ठको जोडीलाई ६–२ र ६–२ को सीधा सेटमा पन्छाइन्।
गर्ल्समा यसअघि नेपाल माल्दिभ्ससँग २–१ तथा श्रीलंकासंग ३–० ले चुकेको थियो। दुई खेल गुमाएको ब्वाइजमा नेपाल श्रीलंका र पाकिस्तानसँग ३–० ले पराजित भएको। बुधबार ब्वाइजमा नेपालको खेल थिएन।
गर्ल्सको अन्य प्रतिस्पर्धामा माल्दिभ्सले बंगलादेश तथा श्रीलंकाले भुटानलाई समान ३–० को नतिजामा पन्छाए। ब्वाइजमा पाकिस्तानले श्रीलंका, भारतले माल्दिभ्स तथा बंगलादेशले भुटानमाथि समान ३–० को जित निकाले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।