काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सांसद झपट रावलले कोभिड-१९ विरूद्धको खोप किनेरै लगाएको कि ढाँट्नुभएको भन्दै प्रश्न गरेका छन्।
आव २०७९/८० को बजेट प्रश्नोत्तर कार्यक्रममा उनले पहिलोपटक सांसदलाई लगाएको खोप खतिवडाले उतिबेला किनेर लगाएको प्रतिक्रिया दिएको भन्दै यस्तो प्रश्न गरेका हुन्।
सांसद रावलको प्रश्न थियो, ‘प्रधानमन्त्री केपी ओली सरकारको पालामा पहिलोपटक हामी सांसदले खोप लगाएका थियौं। तपाईंले किनेर लगाएको बताउनुभएको थियो। पैसा तिरेर लगाएको भए संसद सचिवालयबाट रेकर्ड ल्याएर हेरियोस्।’
सबै प्रश्नको उत्तर दिएका मन्त्री खतिवडा सांसद रावलको प्रश्नमा भने अकमकिए। उनले त्यसको उत्तर दिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।