• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

प्रदेश बजेट : पूर्वाधार निर्माण, कृषि, शिक्षा र स्वास्थ्यमा जोड, सबैभन्दा ठूलो बजेट बागमतीको

64x64
सुमित्रा कार्की बुधबार, असार १, २०७९  २०:०२
1140x725

काठमाडौं–पूर्वाधार निर्माण, कृषि, शिक्षा तथा स्वास्थ्यमा जोड दिँदै सातै प्रदेशले बुधबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्। 

सात प्रदेशमध्ये आकारमा बागमती प्रदेशको बजेट सबैभन्दा ठूलो छ। बागमतीले ७० अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको हो। सबैभन्दा कम बजेट कर्णाली प्रदेशको ३२ अर्ब रुपैयाँको छ। 

यसैगरी, प्रदेश १ ले ३९ अर्ब रुपैयाँ, मधेश प्रदेशले ४६ अर्ब, गण्डकी प्रदेशले ३५ अर्ब, सुदूरपश्चिम प्रदेशले ३६ अर्ब र लुम्बिनी प्रदेशले ४२ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। 

कुन प्रदेशले कुन क्षेत्रमा कति छुट्याए बजेट? 

प्रदेश १
प्रदेश १ सरकारले ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गरेको बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान बचत फिर्ता २ अर्ब रहेको उल्लेख छ। 

उनले उक्त बजेटको अनुमानित स्रोत व्यहोर्न प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख रुपैयाँ, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख रुपैयाँ, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ, समपूरक अनुदानबाट ९२ करोड रुपैयाँ र विशेष अनुदानबाट ४७ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान उल्लेख गरेका छन्। 

राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख रुपैयाँ खर्च व्यहोरिने र बाँकी नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख रुपैयाँ तथा वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख रुपैयाँ व्यहोरिने उल्लेख छ। 

प्रदेश १ मा चालू आवका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ विनियोजन भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

बजेटले कृषि क्षेत्रको विकास, रोजगारी र स्वरोजगारीका अवसरको सिर्जना, निर्माणाधीन तथा अधुरा आयोजना समयमै सम्पन्न गर्ने, व्यवस्थित स्वास्थ्य प्रणाली तथा स्वास्थ्य संरचनाका लागि पूर्वाधार निर्माणमा जोड, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने, पर्यटकीय क्षेत्रको संरक्षण तथा विकासलगायतमा प्राथमिकता तय गरेको छ। 

मधेश प्रदेश 
मधेश प्रदेश सरकारले ४६ अर्ब ८८ करोेड ९ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। कुल बजेटमध्ये चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार (४६.४४ प्रतिशत), पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँ अर्थात् ५३.२१ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २०० (०.३५ प्रतिशत) विनियोजन गरिएको छ। यता बजेट व्यवस्थापनको स्रोत सुनिश्चितातर्फ प्रदेशले आन्तरिक राजस्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार रुपैयाँ संकलन गरिने लक्ष्य राखेको छ। 

विभिन्न कोषबाट ३८ करोड रुपैयाँ, संघीय सरकारको राजस्व बाँडफाँडबाट ११ करोड ६१ लाख ९८ हजार रुपैयाँ, समानीकरण अनुदानमार्फत् ७ अर्ब ८१ करोड ५८ लाख रुपैयाँ, चालु आर्थिक वर्षको बजेटबाट बचत हुने ९ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ। विशेष अनुदानबाट ४९ करोड रुपैयाँ, समपूरक अनुदानबाट ७८ करोड रुपैयाँ, सशर्त अनुदानबाट १० करोड ६ लाख ९१ हजार रुपैयाँ र युनिसेफबाट प्राप्त गरिने अनुदानबाट ४ करोड ३५ लाख ४७ हजार रूपैयाँबाट गरी कुल ४५ अर्ब ४ करोड ९३ लाख २८ हजार रुपैयाँ व्यवस्थापन गरिने र उक्त श्रोतबाट अपुग हुने रकम १ अर्ब ८२ करोड १० लाख १८ हजार २०० रुपैयाँ आन्तरिक ऋण परिचालन गरिने बजेटमा उल्लेख छ।

मधेश प्रदेश सरकारले कृषि क्षेत्रको रुपान्तरण, सार्वजनिक निजी साझेदारी, मानव संशाधन विकास, भौतिक पूर्वाधार निर्माणमा जोड तथा उद्योग र पर्यटनको विकासलाई बजेटको प्रमुख प्राथमिकतामा राखेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बागमती प्रदेश
बागमती प्रदेश सरकारले स्वास्थ्य सेवाको विश्वसनीयता अभिवृद्धि, स्वास्थ्यसम्बन्धी मापदण्डको पालना र नागरिकको जिउधनको रक्षा, उत्पादन वृद्धि तथा रोजगारी सिर्जना, प्रदेशभित्रका अस्पतालको पूर्वाधार विकास, चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रबन्धलगायतलाई प्रमुख प्राथमिकतामा राखेको छ। 

प्रदेशले आगामी आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले कूल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ बजेट छुट्याइएको जानकारी दिए। 

यस्तै, पूँजीगत ४१ अर्ब ५६ करोड २४ लाख बजेट विनियोजन गरिएको छ भने वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ बजेट छुट्याइएको छ। यसैगरी वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। कुल बजेटमध्ये चालूतर्फ २७ प्रतिशत, पूँजीगततर्फ ५८ प्रतिशत, वत्तीय हस्तान्तरणतर्फ ११ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ प्रतिशत बजेट विनियोजन भएको छ। 

प्रदेश सरकारले विनियोजन गरेको करिब ७१ अर्ब रुपैयाँ बराबरको बजेटको सबैभन्दा धेरै स्रोत संघीय सरकारबाट प्राप्त हुने अनुदान रहेको छ। बागमती सरकारले संघीय सरकारबाट कूल बजेटको २१ अर्ब ६ करोड ८७ लाख रुपैयाँ स्रोत जुटाउनेछ । यसैगरी, कर राजस्वबाट २६ अर्ब ९७ करोड ११ लाख रुपैयाँ तथा र अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख रुपैयाँ स्रोत जुटाउने बताइएको छ। 

कर्णाली प्रदेश
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९–०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ। प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालु आर्थिक वर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन्। जसमध्ये पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख  २४ हजार अर्थात् ५९.५८ प्रतिशत रहेको छ भने चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८.११ प्रतिशत बजेट रहेको छ।

यसैगरी, स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख २९ हजार रुपैयाँ अर्थात् १२.३१ प्रतिशत बजेट विनियोजन गरिएको विष्टले जानकारी गराए। सरकारले चालु आर्थिक वर्षमा ३६ अर्ब ७४ करोड ६६ लाख ३६ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो। 

आगामी आवका लागि अनुमानित स्रोतमध्ये आन्तरिक राजस्वबाट  ७१ करोड २९ लाख ७४ हजार, चालु आर्थिक वर्षका खर्च नभएर बाँकी रहन जाने अनुमानित रकम ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँटवापत प्राप्त हुन आएको रकम ९ अर्ब २ करोड २० लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ७२ करोड ६४ लाख रुपैयाँ र सशर्त अनुदानबाट ५ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ रकम परिचालन गरिनेछ। 
नेपाल सरकारबाट समपूरक वापत १ अर्ब २१ करोड ५० लाख रुपैयाँ, विशेष अनुदानवापत ६६ करोड ८० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम तथा आयोजना कार्यान्वयनका लागि २ करोड ५ लाख ४ हजार रुपैयाँ स्रोत परिचालन गरिने विष्टले जानकारी दिए।  

‘कर्णाली जनता सिँचाई कार्यक्रम’ का लागि ८ करोड र टार सिँचाई कार्यक्रमका लागि ३ करोड ३८ लाख बजेट विनियोजन गरिएको विष्टले जानकारी दिए। यसैगरी, बजेटमा नदी तटबन्धका लागि १३ करोड रुपैयाँ र बाढी तथा पहिरो तथा प्रकोप रोकथाम न्यूनीकरणका लागि ३२ करोड ६४ लाख रकम विनियोजन गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ५२ करोड ४५ लाख बजेट विनियोजन गरिएको छ। 

कर्णालीको बजेटले पनि सडक, खानेपानी, सिँचाई, ऊर्जालगायतका भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिने प्रमुख प्राथमिकता बनाएको छ।

गण्डकी प्रदेश
गण्डकी प्रदेश सरकारले उत्पादन र उत्पादकत्व अभिवृद्धि, पर्यटन प्रवर्द्धन, औद्योगिक विकास र रोजगारी, स्वच्छ खानेपानी र नवीकरणीय ऊर्जा तथा शिक्षा र सामाजिक विकासलाई प्राथमिकतामा राखेको छ। 

प्रदेश सरकाका अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेशसभा बैठकमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरे। जसअनुसार आगामी आर्थिक वर्षमा २२ अर्ब १४ करोड रुपैयाँ पुँजीगत खर्च हुनेछ भने बाँकी चालुतर्फ खर्च हुने छ। यसैगरी सो बजेटबाट २ अर्ब रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरण हुनेछ।  कुल बजेटमध्ये ८८ करोड २५ लाख रुपैयाँ प्रदेशलाई व्ययभार पर्ने अनुमान गरिएको छ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार बराबरको बजेट प्रस्तुत गरेको छ। जसमध्ये चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार र जगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रकम विनियोजन गरिएको छ। प्रदेश सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ३६ करोड ४० लाख र वित्तीय व्यवस्थापनतर्फ ३० करोड रुपैयाँ छुट्याएको छ।

अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट २ अर्ब, चालु आर्थिक बर्षमा खर्चबाट बचत हुने अनुमानित रकम ७ अर्ब, संघीय सरकारबाट राजस्व बाँडफाँटवापत प्राप्त हुन आएको रकम ९ अर्ब ६० करोड, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब २० करोड, सशर्त अनुदानबाट ६ अर्ब र संघीय रोयल्टीबाट ४ करोड २८ लाख रकम परिचालन गरिने जनाइएको छ। 

सुदूरपश्चिम सरकारले कृषि, उद्योग र सेवा क्षेत्रको आधुनिकीकरण र बजारीकरणमार्पmत् उत्पादन एवं उत्पादकत्व अभिवृद्धि गरी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ९१ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ। आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बुधबारको प्रदेश सभा वैठकमा गत वर्षको भन्दा करिब दुई अर्ब रुपैयाँ बढीको बजेट प्रस्तुत गरेका हुन्। बजेटमा दाङको राप्ती उपत्यकामा प्रदेशको स्थायी राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति, रामपुर–रोल्पा सडकलाई प्रदेश गौरवको आयोजनामा राखेर वजेट विनियोजन गरिएको छ।

बजेटमा एक स्थानीय तह : एक खेलकुद संरचना, एक स्थानीय तह : एक नमुना उत्पादन, एक जिल्ला : एक निर्यातयोग्य बाली तथा वस्तु, एक स्थानीय तह : एक प्रागांरिक मल उद्योग, स्मार्ट कृषि गाउँ जस्ता कार्यक्रम समावेश गरिएको छ। मन्त्री खड्काले व्यवसाय प्रवर्द्धन कार्यक्रम, उद्यमशीलता प्रवर्द्धन, एक निर्वाचन क्षेत्र : एक औद्योगिक ग्राम, बाइसे चौविसे पर्यटकीय सर्किट, एक जिल्ला : एक सांस्कृतिक ग्राम, एक घर एक धारा, कृषिको आधार : सिँचाइमा सुधार, उज्यालो प्रदेश : लुम्बिनी प्रदेश, बेरोजगारलाई रोजगार : साथमा छ प्रदेश सरकारलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जानकारी दिएका छन्।

प्रकाशित मिति: बुधबार, असार १, २०७९  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले दसैंपछि आज सुनचाँदीको मूल्य समायोजन गरेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा द... आइतबार, कात्तिक ८, २०८३
‘विश्व औपचारिक समूहभन्दा परिणाममुखी सहकारितातर्फ जाँदैछ’ : जयशंकरसँग स्वर्णिम वाग्लेको प्रश्नोत्तर भारतको चर्चित टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन... शुक्रबार, कात्तिक ६, २०८३
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द राष्ट्र बैंकले सूचना जारी गर्दै वेबसाइट तथा सेवा अस्थायी रूपमा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारण... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
एनपीएलको विजेतालाई १ करोड १० लाख, अन्यले कति पाउँछन् ? आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्