काठमाडौं-‘वित्तीय जागरुपता, आजको आवश्यकता’लाई मूल नारा बनाई गरिमा विकास बैंकले आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट जेठ महिनाभर विभिन्न विद्यालय, कलेज, अफिस लगायतका स्थानमा बैंक तथा वित्तिय संस्था सम्बन्धी बृहत वित्तिय जागरणकार्यक्रमको सफल आयोजना गरेको जनाएको छ।
जेठ महिना भरी चलेको यस वित्तीय जागरण कार्यक्रम अन्तर्गत यस गरिमा विकास बैंकको सबै १२० शाखाले दुईवटा वित्तीय जागरणका कार्यक्रम आयोजना गरेको थियो।
जस अन्तर्गत, यस कार्यक्रममा बैंकले दिने सेवा तथा सुविधाहरु, बचत गर्नुको फाइदा, वित्तीय सल्लाहसुझाव एवं डिजिटल बैकिङ्गका फाइदाहरुको बारेमा विस्तृत चर्चा तथा परिचर्चा भएको थियो। हरेक कायक्रममा बैंक तथा वित्तीय संस्था सम्बन्धी जान्न चाहनेहरुको सहभागीता उल्लेखनिय रहेको थियो। महिनाव्यापी वित्तीय जागरण कार्यक्रमले हरेक जनतामाझ वित्तीय जागरुपता फैलाउन मद्धत पुग्ने आशा राखिएको बैंकले जनाएको छ।
हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सेवा दिँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।