काठमाडौं– करेन्ट लागेर काठमाडौंको सुन्दरीजलमा एक जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो ४ बजेतिर करेन्ट लागेर गोकर्णेश्वर नगरपालिका–१ का २६ वर्षीय सनम तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनामा काम गर्ने क्रममा करेन्ट लागि घाइते भएका उनलाई तत्काल उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरी वृत्त बौद्धले जनाएको छ। घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।