काठमाडौं- नेपालबाट १९ औं फिना विश्व पौडी प्रतियोगितामा दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। त्यसका लागि १/१ पुरुष/महिला खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बिहीबार हंगेरीको बुढापेस्ट जाँदै छ।
पुरुषमा नासिर हुसैनले २ सय मिटर फ्रि स्टायल र व्यक्तिगत मिडेलेमा नेपालको चुनौती प्रस्तुत गर्ने छन्। महिलामा डुवाना लामाले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा खेल्ने छिन्। प्रतियोगिता जुन १८ देखि २६ तारिखसम्म हुनेछ।
टोली प्रमुखमा नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य छन्। वज्राचार्यले प्रतियोगिता दौरान हुने कोंग्रेसमा पनि सहभागिता जनाउने छन्। टिम प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य दीपकसागर सिंह महर्जन रहेका छन्।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।