काठमाडौं– नेपालले आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा मंगलबार अर्को पराजय भोगेको छ।
ब्वाइज÷गल्र्स दुवै टोलीले अर्को पराजय सामना गरेका हुन्। पहिलो दिन सोमबार नेपाल ब्वाइजमा श्रीलंकासंग ३–० तथा गल्र्समा माल्दिभ्ससँग २–१ ले पछि परेको थियो।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजको प्रतिस्पर्धामा पाकिस्तानले नेपाललाई ३–० ले पराजित ग¥यो। सिंगल्समा रिज्वानले आर्दित नेपाललाई ६–१ र ६–० तथा तल्हाले वृजेश अर्याललाई पनि ६–१ र ६–० को सोझो सेटमा हराए।
डबल्समा ओमर जावद र तल्हाको जोडीले वृजेश र असभसम्राट हाडाको जोडीलाई ६–० र ६–० को सीधा सेटमा पन्छाए। भारतले बंगलादेश तथा माल्दिभ्सले भुटानलाई समान ३–० ले पाखा लगाए।
गल्र्समा श्रीलंकाले नेपालमाथि ३–० को जित दर्ता ग¥यो। अकिसा सिल्भाले प्राज्ना मानन्धरलाई ६–० र ६–३ तथा उस्गोडाले शिभाली गुरुङलाई ४–६, ६–१ र ६–१ को सेटमा सिंगल्समा निराश पारे।
डबल्समा सिल्भा र उस्गोडाको जोडीले प्राज्ना र कर्मिस्था नुगाह श्रेष्ठको जोडीलाई ६–२ र ६–० ले पाखा लगाए। अन्य खेलमा बंगलादेशले भुटानलाई २–१ तथा भारतले माल्दिभ्सलाई ३–० ले पराजित गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।