• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

वाणिज्य बैंकमा बिग मर्जरको चर्चा, कुन बैंकको चुक्ता पुँजी कति? 

64x64
सुमित्रा कार्की बुधबार, असार १, २०७९  १४:२०
1140x725

काठमाडौं– पछिल्लो समय वाणिज्य बैंकमा बिग मर्जरको चर्चा चलिरहेको छ। नेपाल राष्ट्र बैंकले असारसम्म मर्जरमा नजाने बैंकलाई दिइरहेको सुविधा नदिने चेतावनी दिइसकेको छ। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असारभित्र मर्जरका लागि प्रक्रिया थाल्न वाणिज्य बैंकहरूका अध्यक्ष र सञ्चालकलाई निर्देशन दिएका हुन्। यदि तोकिएको अवधिभित्र मर्जर प्रक्रिया अगाडि नबढाए कोरोनाको समयमा बैंकहरूलाई दिएको कुनै पनि सुविधा उपलब्ध नगराउने चेतावनी दिए। 

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले मर्जरलाई सुविधा दिएर अघि बढाउनेभन्दा पनि आवश्यकताको आधारमा अगाडि बढाइने बताए। 

उनले बैंकहरूले अर्थव्यवस्था नहेरी आफ्नो ढंगले अगाडि बढ्ने गरेको भन्दै अब आइन्दा यसरी नै अघि बढ्दै जाने हो भने समस्या आउने चेतावनी दिए। राष्ट्र बैंकको निर्देशनपछि वाणिज्य बैंकलाई अहिलेको अवस्थामा मर्जरमा जान बाध्यात्मक अवस्था सिर्जना भएको छ। 

यससँगै, मर्जरमा जानको लागि चार बैंकले औपचारिक रूपमा तयारी अगाडि बढाइसकेका छन्। नबिल बैंक र नेपाल बंगलादेश बैंकले मर्जरमा जानको लागि गत पुस २९ गते सम्झौता गरेका थिए। यसैगरी, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया भाँडिएसँगै दुवैले मर्जरमा जानको लागि अर्को उपयुक्त बैंक खोजिरहेका थिए।

अहिले इन्भेष्टमेन्ट र मेगा बैंकले मर्जरमा जानको लागि प्रक्रिया अघि बढाएका छन्। यी दुई बैंकले जेठ २७ गते मर्जरमा जाने सहमति गरेका थिए। यसैगरी, हिमालयन बैंक र सिभिल बैंक मर्जरमा जाने चर्चा पनि चलेको छ। तर, यी दुई बैंकले मर्जरमा जाने निर्णय गरेका छैनन्। हिमालयन बैंकले सिभिल बैंकसँगै मर्ज नगरे पनि कुनै एउटा वाणिज्य बैंकसँग मर्जरमा जानुपर्ने बाध्यकारी अवस्था रहेको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ। 

नबिल र नेपाल बंगलादेश बैंकको मर्जर प्रक्रिया के हुँदैछ? 
गत पुस २९ गते नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक आपसमा मर्जरमा जाने सहमति भएको थियो। पुस २९ गते ललितपुरको एक होटलमा यी दुई बैंकहरूले मर्जसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। मर्जरका लागि नेपाल बंगलादेश बैंकको एक सय कित्ता बराबर नबिल बैंकको ४३ कित्ता सेयर हुने गरी सहमति भएको थियो। 

मर्जपछि बैंकको नाम नबिल बैंक नै हुने प्रारम्भिक सहमति भएको थियो। मर्जपछि बैंकको अध्यक्ष हाल नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र प्रमुख कार्यकारी अधिकृत पनि नबिल बैंककै अनिल केशरी शाह हुनेगरी सम्झौता भएको नबिल बैंक स्रोतले नेपाल लाईभलाई जानकारी दिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल बंगलादेश बैंकमा आईसीएफसी बैंक, बंगलादेशको प्रतिनिधिको रूपमा एआरएम नाजमुस साकिब अध्यक्ष रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतको पद रिक्त छ। यी दुई बैंकको मर्जर प्रक्रियाको सहमति भएको लामो समयसम्म पनि बैंक मर्जर तथा प्राप्तिमा भने जान सकेको छैन। 

यी दुई बैंकको मर्जर प्रक्रिया रोक्नको लागि इन्भेष्टमेन्ट प्रालि तथा नेपाल पावर डेभलपमेन्ट एन्ड इन्भेष्टमेन्ट कम्पनीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दाएर गरेका थिए। 

यी दुई कम्पनीले दायर गरेको मुद्दा फिर्ता लिइसकेका छन्। नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको एक्विजिसन प्रक्रिया अघि बढिरहेको नबिल बैंक स्रोतले जानकारी दिएको छ। बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय अवस्था अनुसार मर्जर तथा एक्यूजेसनमा जाँदा यी दुई बैंकको चुक्ता पुँजी २८ अर्ब ५७ करोड रुपैयाँ बराबर पुग्ने देखिन्छ।

हाल नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ र नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ रहेको छ। चालू आवको तेस्रो त्रैमाससम्म आउँदा नबिल बैंकको जगेडा कोषमा १४ अर्ब ५३ करोड १७ लाख २१ हजार रुपैयाँ छ।

यसैगरी, नेपाल बंगलादेश बैंकको जगेडा कोषमा ५ अर्ब ५१ करोड ५ लाख ९१ हजार रुपैयाँ रहेको बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ। दुवै बैंक एक भएपछि बैंकहरूको जगेडा कोष लगभग ३० अर्ब रुपैयाँ बराबरको हुने देखिन्छ।

इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का
मर्जरमा जानको लागि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंककको सेयर कारोबार रोक्का भएको छ। इन्भेष्टमेन्ट र मेगा बैंक एक आपसमा मर्जरमा गएकाले दुवै बैंकको सोमबार (जेठ ३० गते) देखि सेयर कारोबार रोक्का भएको हो। दुवै बैंकबीच मर्जरका लागि शुक्रबार (जेठ २७ गते) सम्झौता भएको हो। 

सम्झौतामा नेपाल इन्भेष्टमेन्टका सञ्चालक तथा मर्जर कमिटीका संयोजक प्रजन्यराज भण्डारी र मेगा बैंकका सञ्चालक तथा मर्जर कमिटीका संयोजक मुक्ति पाण्डेले हस्ताक्षर गरेका छन्। मर्जपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाममा एकीकृत कारोबार हुनेछ। नेपाल इन्भेष्टमेन्ट बैंकले प्रतिसेयर ९० रुपैयाँका दरले मेगा बैंकलाई गाभ्न लागेको हो। मेगा बैंकका १०० कित्ता सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता प्राप्त गर्नेछन्। 

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ भने मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ। दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब रुपैयाँ बराबर पुग्नेछ। मर्जपछि यो बैंक चुक्ता पुँजीको आधारमा हालसम्म कै ठूलो बैंक हुने देखिन्छ।

हिमालयन र सिभिल बैंक मर्जरपछि चुक्ता पुँजी २० अर्ब
हिमालयन बैंक र सिभिल बैंक मर्जरमा जाने चर्चा चलेको छ। यदि यी दुई बैंक मर्जरमा तथा प्राप्तिमा गएमा बैंकको चुक्ता पुँजीको २० अर्ब रुपैयाँ बराबर हुने रेखिन्छ। चालू आवको तेस्रो त्रैमाससम्म आउँदा हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २८ हजार रुपैयाँ रहेको छ भने, सिभिल बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ छ।

चालू आवको तेस्रो त्रैमाससम्म हिमालयन बैंकको जगेडा कोषमा ७ अर्ब ५४ करोड २२ लाख ७० हजार रुपैयाँ रहेको छ। यसैगरी सिभिल बैंकको जगेडा कोषमा १ अर्ब ४८ करोड ३ लाख ५८ हजार रुपैयाँ रहेको छ। मर्जर तथा प्राप्तिमा गएमा बैंकको जगेडा कोषको आकार ९ अर्ब रुपैयाँ बराबरको बन्ने देखिन्छ। 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव  ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ । मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्