काठमाडौं– सनराइज बैंकले काठमाडौंको ओमबहालमा नि:शुल्क स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन गरेको छ। स्तन क्यानसरविरुद्ध जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाजसँगको सहकार्यमा नि:शुल्क शिविर सञ्चालन गरेको हो।
शिविरमा करिब ६३ जना महिलाहरुको स्तन परीक्षण गरी उनीहरुलाई स्तन क्यान्सरबारे सचेतना दिइएको थियो। साथै, शिविरमा आउने सम्पूर्ण मानिसहरुको निशुल्क रक्तचाप, मधुमेह परीक्षणसेवा समेत दिइएको थियो।
पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ।
सामान्यता महिलाहरु स्तन क्यान्सरको जाँच गर्न अन्तिम चरणमा अस्पताल जाने गर्दछन्। यसलाई पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको उपचार हुन सक्ने र ठूलो क्षतिबाट जोगिन सकिने चिकित्सकहरूको भनाइ छ।
बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्तर्गत महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिइरहेको छ।
महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग सहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ।
साथै बैंकले महिलाहरुलाई प्रसुति खर्चस्वरुप १० हजारसम्म र अस्पताल भर्ना र इएम् खर्च गरी १ लाख रूपैयाँसम्म बीमा बापतको रकम समेत दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।