• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

विवादै-विवादमा अर्थमन्त्री, विज्ञहरु भन्छन्–नैतिकता भए राजीनामा दिनुपर्छ

64x64
सुमित्रा कार्की सोमबार, जेठ ३०, २०७९  २१:५८
1140x725

काठमाडौं–अर्थमन्त्री जनार्दन शर्मा पछिल्लाे पटक बजेटको सूचना चुहाएको विवादमा तानिएका छन्। बजेटमा संवेदनशील मानिने करका दर तोकिने छलफलमा अनधिकृत व्यक्ति प्रवेश गराई व्यावसायिक घरानालाई सूचना चुहाएको आरोप उनीमाथि लागेको छ।

उक्त आरोपलाई अर्थमन्त्री शर्माको पार्टी नेकपा माओवादी केन्द्रले पनि गम्भीर लिएको छ। सूचना चुहिएको सार्वजनिक भएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आईतबार साँझ नै अर्थमन्त्रीलाई आफ्नो निवासमा डाकेर विवादित भएर बस्नभन्दा राजीनामा दिन निर्देशन दिएका थिए। पार्टी अध्यक्षको निर्देशनपछि अर्थमन्त्री शर्मा राजीनामा दिनुपर्ने दबाबमा परेका छन्। 

यद्यपि अर्थमन्त्रालयले सोमबार साँझ विज्ञप्ति जारी गरी अर्थमन्त्रीको बचाउ गरेको छ। बजेट प्रस्तुत हुने अघिल्लो दिन कुनै पनि अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको भन्ने कुरालाई मन्त्रालयले अस्वीकार गरेको छ।

तर, मन्त्री शर्माको विषयमा सार्वजनिक भएको विवाद भने यो पहिलो होइन। 

शंकास्पद रुपमा आएको रकम छुटाउन निर्देशन दिएको विवाद 
अर्थमन्त्री शर्मा केही समयअघि अमेरिकाबाट शंकास्पद रूपमा आएको रकम फुकुवा गरिदिन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको विषयमा विवादित भएका थिए। 

अछामको बान्नीगढी जयगढ गाउँपालिका घर भएका पृथ्वीबहादुर शाह र उनका परिवारका नाममा अमेरिकाबाट करिब ४० करोड रुपैयाँ आएको विषयमा अमेरिकाकाे फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले उक्त रकम जफत गर्न र फिर्ता गरिदिन राष्ट्र बैंकलाई पत्राचार गरेको थियो। 

त्यसपछि राष्ट्र बैंकले सम्बन्धित खाता रोक्का गरी अनुसन्धान अघि बढाएको थियो। यो विषयलाई सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गरिरहेको थियो। शर्माले रकमबारे अनुसन्धान गरिरहेका निकायलाई प्रभावित गर्न लिखित निर्देशन नै दिएका थिए। उनले सम्पत्ति शुद्धीकरण विभागले सफाइ दिइसकेकाले रकम नरोक्न भनेका थिए। 

शर्माले राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) को सिफारिसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका बेला शाहको रकम फुकुवा गर्न विभाग र राष्ट्र बैंकलाई ‘निर्देशन’ दिएका थिए। तर  यो कदम गलत भएको भन्दै शर्माको निकै आलोचना भयो। 

nimb
nimb

अर्थतन्त्र सम्हाल्न नसकेको आरोपमा विवादित
अर्थमन्त्री शर्मामाथि देशमा देखिएको अर्थतन्त्रको संकट सुधार गर्नुको साटो उल्टै सीमित व्यापारिक घरानासँग मिलेर प्रतीतपत्र (एलसी) बन्द गर्न लागेको सूचना चुहावट गरेको आरोप लागेको छ। विदेशी मुद्रा सञ्चितिलाई सम्हाल्न नसकेको र आयात हुने वस्तुमा कडाइ गर्न नसकेका कारण नेपाल राष्ट्र बैंकले बाध्य भएर आफैंले एलसी रोक्ने निर्णय गरेको थियो।  

विलासी वस्तुको आयातको प्रतीतपत्र (एलसी) खोल्न रोक्ने निर्णय हुने निश्चित भएपछि विवादास्पद पृष्ठभूमिका व्यापारीहरुको एक कम्पनीले ठूलो संख्यामा विलासी गाडीको आयातका लागि प्रतीतपत्र खोलेको आरोप लागेको थियो। राष्ट्र बैंकबाटै सूचना बाहिरिएपछि एक कम्पनीले एलसी रोकिनुभन्दा ठीक ४ दिनअघि एकैपटक ७० करोड रुपैयाँभन्दा बढीको गाडी आयातको अनुमति पाएको खुलेको थियो। 

यसैगरी, विदेशी विनिमय सञ्चिति घट्दै गएकाले निजी गाडी र अन्य विलासिताका वस्तुहरुको आयातमा रोक लगाएको सरकारले नेपालमा आवश्यक नहुने सुपारी, छोकडा र मरिचजस्ता वस्तुको आयात खोल्नुमा ‘गलत नियत’ देखिएको आरोप पनि लाग्ने गर्छ। 

गर्भनर निलम्बन प्रकरण
अर्थमन्त्री शर्माले गत चैत २५ गते नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरे। गभर्नरले आफूलाई असहयोग गरेको शर्माको आरोप थियो। चैत २४ मा बसेको मन्त्रिपरिषद बैठकले गभर्नर निलम्बन गर्ने निर्णय भए पनि यो विषयलाई चैत २५ मा मात्र सार्वजनिक गरिएको थियो। 

यो निर्णयमा वैशाख ६ गते सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्‍यो। त्यसपछि गभर्नर अधिकारी वैशाख ७ गते  पुनः पद सम्हाल्न पुगे। 

गर्भनरको मुद्धा अहिले पनि विचाराधीन छ। सर्वोच्चले अन्तरिम आदेश खारेज गरेन भने मुद्दाको फैसला नभएसम्मका लागि गभर्नरमाथि सरकारले कुनै पनि कारबाही गर्न पाउने छैन भने सरकारले गठन गरेको आयोग पनि स्वतः निस्क्रिय हुने भएको छ। यी परिघटनासँगै अर्थमन्त्री शर्मा विवादको केन्द्र र नैतिकताको प्रश्नको घेरामा परेका थिए। गभर्नरको फिर्तिपछि उतिबेलै शर्माको राजीनामाको माग गरिएको थियो। 

तरलता व्यवस्थापन गर्न ‘असफल’ 
‘अर्थमन्त्री  शर्माले अहिले नेपालमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्न  कुनै पनि चासो देखाएका छैनन्,’ एक अर्थविज्ञ भन्छन्, ‘बैंकले कहाँ, कुन क्षेत्रमा कति लगानी गरेको छ भनेर नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयले त्यसको तथ्यांक राख्नु पर्ने हो। तर, मन्त्रालयले कुन क्षेत्रमा कति बजेट गएको छ भनेर कहिल्यै अनुसन्धान गरेको देखिएन।’

अहिलेको अर्थतन्त्रमा देखिएको समस्या के हो भन्ने विषय अर्थमन्त्री तथा सरकारको जिम्माको विषय भए पनि अर्थमन्त्री आफू जोगिने बाटोमा मात्र लागेको उनको भनाइ छ। ‘उहाँले आफ्नो काममा रोकावट गर्ने व्यक्तिलाई पनि बाटोबाट हटाउन पछि पर्नु भएको छैन,’ उनी भन्छन्। 

‘नैतिकता भए राजीनामा दिनुपर्छ’
अर्थमन्त्री शर्मा एकपछि अर्को विवादमा तानिएका कारण उनले नैतिक रुपमा राजीनामा दिनुपर्ने अर्थविद्हरुको धारणा छ। गभर्नर पुनःबहाली भएसंगै अर्थमन्त्रीको राजीनामा आउने अपेक्षा गरिए पनि उनले त्यसो गरेनन्। 

अर्थविद केशव आचार्य भन्छन्, ‘गर्भनर निलम्बन प्रक्रियामा नै अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने थियो। तर दिएनन। अहिले जुन आरोप अर्थमन्त्रीमाथि लागेको छ। यो सत्य भए र अर्थमन्त्रीसँग नैतिकता बाँकी भए उनले पदबाट राजीनामा दिनुपर्छ।’

यसैगरी, अर्का अर्थविज्ञ भन्छन्, ‘अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालयमा लगेर बजेटमा भएको राजस्व दरको व्यवस्था हटाउनु भनेको राष्ट्रका लागि घातक कुरा हो। यस्तो गरेको पुष्टि हुनासाथ उनलाई बर्खास्त गर्दा पनि फरक पर्दैन।’

अर्थमन्त्री यति धेरै विवादमा आउँदा पनि उनैबाट संसदमा बजेट पेस हुनु र  राजीनामा दिन बाध्य नबनाउनुले सरकारले नै उनलाई प्रोत्साहन गरिरहेको पुष्टि हुने अर्थविद्हरुको धारणा छ। 

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  २१:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा... शनिबार, भदौ १३, २०८३
बाढीपीडितलाई चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत प्याकेज फाउन्डेसन र बैंकले बाढीमा आफ्ना प्रियजन गुमाएका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावित सबैको सुरक्षा, साहस तथा... शनिबार, भदौ १३, २०८३
युरोपेली आयोगद्वारा नेपाललाई २० लाख यूरो मानवीय सहायता घोषणा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकका लागि तत्काल २० लाख युरो मानव... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
उद्धार सहायताका लागि भारतीय टोली पनि नेपाल पुग्यो, त्रिशूली ३ ए को सुरुङको मुख खोलिँदै शनिबार, भदौ १३, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
हिमपहिरोपछि बनेको ताल खुम्चिँदै, फुटेर आउने जोखिम घटेको चिनियाँ अधिकारीको निष्कर्ष शनिबार, भदौ १३, २०८३
बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तीव्रता दिन नेता आङ्देम्बेको आग्रह शनिबार, भदौ १३, २०८३
भोटेकोशी विपद्मा चीनको साथ : २० लाख डलरसहित सुरुङ उद्धारका लागि विज्ञका दुई टोली नेपाल आउँदै शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्