काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ।
सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बिमा एनएलजी इन्स्योरेन्सबाट गर्न सक्नेछन्।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनएलजी इन्स्योरेन्स कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभले हस्ताक्षर गरेका हुन्।
बैंकले हाल २ सय ३ वटा शाखा कार्यालय, १ सय ३५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ सेवाबाट ग्राहकलाई सेवा दिँदै आएको छ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले १ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरी ३ अर्ब ८ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।