काठमाडौं– चितवन नै स्थायी ठेगाना भएका योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोखरेलले व्यंग्य गरेका छन्।
उनले योजना पार्न नसकेको भन्दै त्यस्तो ठाउँमा बस्न पनि शर्मिन्दा हुनुपर्ने बताएका छन्।
योजना आयोगबारे केही कुरा बताउँने भन्दै उनले भने, ‘योजना आयोग तपाईंलाई कस्तो लाग्छ? राष्ट्रिय योजना आयोगको काम छ? योजना निर्माणमा सांसदको भूमिका कहाँ छ? स्थानीय तहका मानिस कहाँ राख्नुहुन्छ? कहिले छलफल गर्नुहुन्छ? टाइपिस्ट त्यहाँ हुनुहुन्छ भने पाँचवटा योजना थप हुन्छ। तपाईं आयोगका उपाध्यक्षलाई थाहा हुँदैन।’
उनले मन्त्रालयमा समेत तत्तत् शाखाका उपसचिव र अधिकृतले समेत आफू अनुकूल योजना पारिरहेको बताए। उनले थपे, ‘तपाईं हेरेको हेर्यै हो। त्यस्तो ठाउँमा बस्नु पनि शर्मिन्दा हुनुपर्ने हो।’
उनले आयोगले सरोकारवाला बोलाएर योजना बनाउनुपर्ने र वितरण गर्नुपर्ने बताए। सांसदलाई बजेट चाहियो नभनेको भन्दै कम्तिमा अनुगमन गर्ने कार्यमा सहभागी गराउनुपर्ने बताए। बन्द कोठामा यस्तो र उस्तो भनेर नहुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।