काठमाडौं– असार महिनामा पनि बैंकहरूको ब्याजदर यथावत रहने भएको छ। बैकरहरूबीच असारमा पनि निक्षेपको ब्याजदरलाई यथावत राख्ने सहमति भएको छ।
अहिले ब्याजदर बढाउदा बैंकको लागत मात्रै बढ्ने र त्यसले कुनै फाइदा नगर्ने देखिएकाले असारमा पनि ब्याजदर यथावत राख्ने सहमति भएको एक बैंकरले जानकारी दिए।
बैंकहरूले गत फागुनयता नै निक्षेपको ब्याजदर यथावत राख्दै आएका छन्। फागुनदेखि बैंकहरूले मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका छन्।
अहिले बैंकहरूको कर्जाको औसत ब्याजदर पनि ११.४३ प्रतिशत पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।